Aug 13 2026 | २०८३, श्रावण २८ गते

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

  • 677
    SHARES

  • सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

    वैशाख, ४ / काठमाडौ - सुदुरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन। बिश्वबिद्धालयका कानुन संकाय वि.ए.एल.एल.बि. अध्यनरत विद्यार्थीहरूले मानविकी तथा समाजशास्त्र विभागको प्रशासन र प्रिन्सिपलको कार्यलयमा आईतबार तालबन्दी गरेका हुन।

    कानुन संकाय अन्तर्गतको बि.ए.एल.एल.बि. को परीक्षामा लेखाईको माध्यम नेपाली – अङ्ग्रेजी दुवै हुनुपर्ने माग राख्दै तालाबन्दी गरेको जनाइएको छ। विद्यार्थीहरुले बिएएलएलबी कार्यक्रम सञ्चालन गर्नका लागि अंग्रजी माध्यम मात्रै हुनु पर्छ भनेर कुनै पनि कार्यबिधि नबनेको भए पनि बिश्वबिद्धालयले अनिवार्य अंग्रजी माध्यम मात्रै हुनुपर्ने धारणा राख्दै आएको मा बिरोध जनाउदै आन्दोलन गरेको बताइएको छ।

    यस विषयमा विगत देखि विद्यार्थीले निरन्तर क्याम्पस प्रशासन र डिन कार्यलयसंग छलफल समन्वय गर्दा पनि प्रशासनले कुनै जफाबदेहिता नदेखाई बेवास्ता गरी उल्टै मनोमानी ढंगले विद्यार्थीलाई मर्कामा राख्न खोजेको विद्यार्थीको आरोप छ ।

    आज (वैशाख ४) बाट क्याम्पस प्रशासनले अंग्रजी माध्यमबाट मात्रै लेख्ने गरी मध्यसत्र परीक्षाको समय तालिका थियो सो परीक्षालाई कानुन संकायका विद्यार्थीहरुले बहिस्कार समेत गरेका छन ।

    विद्यार्थीहरुले पढाइको माध्यम (नेपाली,अंग्रजी) जुनसुकै भए पनि परीक्षामा लेख्ने माध्यम दुइटै हुनुपर्ने माग राखेका छन ।

    नेपालको कानुन पढाइ हुने मध्यपश्चिम विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयमा पनि बिए एल एल बि (अंग्रजी,नेपाली) दुवै माध्यमबाट लेख्न मिल्ने कानुनी प्रावधान रहेको छ ।

    कानुनका विद्यार्थीहरुको उक्त मागलाई सम्बोधन हुनुपर्ने र आफूहरुको मागलाई सम्बोधन नगरे आन्दोलनलाई थप आक्रामक बनाउने विद्यार्थीहरूको धारणा छ ।

    विद्यार्थीहरुले टाँस गरेको मागसहितको प्रेस विज्ञप्तिको पूर्णपाठ :

    Screenshot_20220417-143111_Facebook.jpgScreenshot_20220417-143132_Facebook.jpg

    images
    आइतवार, बैशाख ४ २०७९०६:०७:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार