आइतवार, बैशाख ११ २०७९
बैशाख, ११/ काठमाडौ - घोषणा पत्रमा के लेख्यो भन्ने कुरा ठूलो होइन तिनिहरुको व्यबहार के हुन्छ, त्यो ठूलो कुरा हो।
कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक छपाइ गर्ने जिम्मेवारी जनक शिक्षालाई छ । तर नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुन अब केही दिन मात्र बाँकी हुदा समेत पाठ्यपुस्तक छापिनुपर्ने जनक शिक्षा सामाग्री केन्द्रमा चुनावी मतपत्र छापिदै छन।
कसै दल वा ब्यक्तिले पुस्तक छापिने ठाउमा मतपत्र छापिनु हुदैन भनेर बोलेको समेत सुनिदैन। कसरी गर्न सकिन्छ बिश्वास ? कुन आधार मा दिने मत ? प्रश्न चिन्ह खडा भएको छ।
पाठ्यक्रम बिकास केन्द्रका अनुसार अझै ७० लाख थान पाठ्यपुस्तक छापिन बाँकी छ। कहिले पर्ला विद्यार्थीको हातमा पुस्तक? यो भने निकै चिन्ताको बिषय हो।
पाठ्यपुस्तक छापिने ठाउमा मत पत्र छापिन थालेपछी, सार्वजनिक विद्यालयका सबै विद्यार्थीले नयाँ शैक्षिकसत्र २०७९ सालको सुरुमा पाठ्यपुस्तक पाउने अवस्था छैन ।
यसअघि सरकारले वैशाखमा नयाँ शैक्षिक सत्रका लागि भर्ना गर्ने र पाठ्यपुस्तक वितरण गर्ने तथा पठनपाठन आगामी जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो ।
हाल एसईई परिक्षा संचालन भइ रहेको र सकिने बित्तिकै धमाधम बिद्यालय तहको नतिजा प्रकाशित हुदैछ। तर भर्ना गर्दै पुस्तक बितरण गर्नुपर्ने बिद्यालयले यस बर्ष भर्ना गर्दा पाठ्यपुस्तक बितरण गर्नसक्ने छैनन। पाठ्यपुस्तकको हाहाकार देखिने अवस्था आउने निश्चित छ।
पाठ्यपुस्तक छपाइको काम ठप्प छ । जनक शिक्षाले कागज अभाव देखाउने गरेको छ । कागजको टेन्डर पाएको कम्पनीले कागज उपलब्ध गराएको पनि छैन । टेन्डर बिद्–म्याप–सीबीसी जेबीले पारेको थियो ।
स्रोतका अनुसार टेण्डर पार्ने ठेकेदारको विभिन्न राजनीतिक हिमचिमका कारण कम्पनी विरुद्ध जान सक्ने आँट जनक शिक्षाका पदाधिकारी वा शिक्षामन्त्रीको पनि समेत छैन।
जनक शिक्षा व्यवस्थापनले पुस्तक छपाइको विकल्पसमेत खोजेको छैन । विगतमा कक्षा १–५ सम्म पाठ्यपुस्तक छपाइ निजी क्षेत्रलाई दिने गरेकामा यो वर्ष जनक शिक्षाको जिम्मेवारी बढाइएको थियो । तर जनक शिक्षालाई दिएको जिम्मेवारीमा झनै समस्या हुने देखिएको छ ।
स्रोतका यस मामिलामा जनक शिक्षाका पदाधिकारी र निजी प्रकाशकबीच मिलेमतो हुँदै आएको छ । जनक शिक्षाले समयमा पाठ्यपुस्तक नछाप्ने र पुस्तक अभाव सिर्जना गरी निजी क्षेत्रलाई छाप्न दिने निर्णय गराउने रोग पुरानै हो ।
केही समयअघि शिक्षामन्त्री देवेन्द्र पौडेलले जनक शिक्षामा छड्के गरेर त्यहीबाट जनक शिक्षाका प्रबन्ध सन्चालक अनिलकुमार झालाई फोन गरी शैक्षिक सत्र सुरु हुनुपूर्व आवश्यक परिमाणमा पाठ्यपुस्तक छाप्न निर्देशन दिएका थिए ।