Oct 02 2026 | २०८३, आश्विन १६ गते

छात्रवृत्तिका लागि बिश्वबिद्धालय अनुदान आयोगद्वारा आवेदन माग।

छात्रवृत्तिका लागि बिश्वबिद्धालय अनुदान आयोगद्वारा आवेदन माग।

  • 2.2K
    SHARES

  • छात्रवृत्तिका लागि  बिश्वबिद्धालय अनुदान आयोगद्वारा आवेदन माग।

    जेठ २२काठमाडौ - विश्वविद्यालय अनुदान आयोगले (UGC) उच्च शिक्षामा छात्रवृत्ति दिने उदेश्यले अपाङ्ग भएका, दलित, आर्थिक रुपले विपन्न, मुक्त कमलरी र मुस्लिम महिला विद्यार्थीहरुको लागि छात्रवृत्तिको लागि आवेदन माग गरेको छ।

    आयोगले उच्च शिक्षामा छात्रवृत्ति उपलब्ध गराउनेसम्बन्धि निर्देशिका २०७९ अनुसार न्युनतम योग्यताका अधारहरु पुरा गर्ने स्नमतक तहका प्रथम वर्ष, सेमेस्टर अध्ययनरत इच्छुक विद्यार्थीबाट छात्रवृत्तिका लागि आवेदन माग गरेको हो।

    सुचना अनुसार इच्छुक विद्यार्थीहरुले छात्रवृत्ति सम्बन्धी निर्देशका, २०७६ को अनुसूची १ अनुसारको ढाँचामा फारम भरी आवश्यक कागजातसहित २०७९ असार १० गतेभित्र आयोगमा पठाइसक्नुपर्ने छ।

    त्यसैगरी बिश्वबिद्धालय अनुदान आयोगले  सहीद तथा द्धन्द्धपीडित परिवारका छोरछोरीहरुलाई उच्च शिक्षा अध्ययन गर्नकालागि छात्रवृत्तिमा आवेदन माग गरेको छ ।

    नेपालमा लोकतन्त्रका लागि भएका सबै जनआन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा भएका सहीदका छोराछोरी, सस्त्र द्धन्द्धका समयमा मृत्यु भएका व्याक्तिका आश्रित छोरछोरी र द्धन्द्धकै कारणले अपाङ्ग भई शारीरिक रुपले कुनै काम काज गर्न नसक्ने अशक्त र द्धन्द्धरत पक्षले नियन्त्रणमा लिई हालसम्म पत्ता नलागेका (बेपत्ता) व्याक्तिका छोराछोरीलाई छात्रवृत्तिका लागि आवेदन माग गरेको हो ।

    बि सं २०५२ फागुन १ देखि २०६३ मंसिर ५ सम्म सहिद तथा द्वन्द्वपिडित भएको भनी नेपाल सरकार वा नेपाल सरकारले तेकेको निकायले प्रमाणीकरण गरेको प्रमाण सहित इच्छुक आवेदकले आयोगको वेवसाइटमा राखिएको निर्देशिकाको अनुसूचि १ अनुसारको ढँचामा निवेदन फारम भरी अध्ययनरत क्याम्पस, विभागमा असार १४ गतेभित्र पेश गर्नुपर्ने छ।

    यस्तोछ आयोगको छात्रवृत्ति सम्बन्धि सूचना ।

    Screenshot_20220605-072018_Facebook.jpgScreenshot_20220605-071924_Facebook.jpg

    images
    आइतवार, जेठ २२ २०७९०७:४५:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार