Oct 02 2026 | २०८३, आश्विन १६ गते

कुलेश्वर आवास कल्याण संस्थाद्वारा बिद्यालयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न।

कुलेश्वर आवास कल्याण संस्थाद्वारा बिद्यालयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न।

  • 727
    SHARES

  • कुलेश्वर आवास कल्याण संस्थाद्वारा बिद्यालयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न।

    जेठ, २७ काठमाडौ । कुलेश्वर आवास कल्याण संस्था द्वारा १४ वडा भित्रका ७ वटा सामुदायिक तथ संस्थागत बिध्यालय को उपस्थितीमा बक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ।

    अन्तरास्ट्रिय बाताबरण दिवसको उपलक्ष्यमा आवास परिवार कल्याण संस्थाले "पारिवारिक बाताबरणमा जेष्ठ नागरिक " बिषयमा कुलेश्वर स्थित विभिन्न स्कुलका बिद्यार्थीहरुको बीचमा प्रतियोगितात्मक बकृत्वकला कार्यक्रम सम्पन्न गरेको हो।IMG-20220610-WA0004.jpg

    प्रतियोगिताको निर्णायक मण्डलमा सल्लाहकार भेष नारायण दाहाल , डा. देवि भुसाल र प्रा. शेषकान्त पाण्डे रहनु भएको थियो।

    कार्यक्रममा सान्त्वना पुरस्कार  रु.१ हजार ,तृतीय पुरस्कार रु. २ हजार , द्वीतिय पुरस्कार रु.३ हजार र प्रथम पुरस्कार रु. ५ हजार र प्रमाणपत्र रहेको थियो। पुरस्कार प्रमुख अतिथि कृष्ण मुरारी गौतम ( चट्याङ मास्टर ) ले प्रदान गर्नु भयो।Screenshot_20220610-171641_Viber.jpg

    कुलेश्वर आवास परिवार कल्याण संस्थाको हलमा भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष राजु दाहालले गर्नु भएको थियो। सो संस्थाको साहित्य ,कला,संस्कृति समाजका संयोजक राम बिनयले कार्यक्रमको औचित्य र आबश्यकताको बारेमा मन्तब्य राख्दै प्रमुख अतिथि ,अन्य अतिथि ,निर्णायक मण्डल ,सहभागी स्कुलका बिद्यार्थीहरु,सम्पुर्ण जेष्ठ नागरिक र अन्य महानुभावहरुलाई स्वागत गरेको थियो।

    साहित्य,कला,संस्कृतिका सल्लाहकार बुद्धिमान ढुंगानाको संचालनमा भएको कार्यक्रम बिरुवामा जल सिन्चन गरेर मुख्य अतिथिबाट उदघाटन  भएको थियो।IMG-20220610-WA0000.jpg

    रास्ट्रीय गान र बिश्व शान्तिको प्राथना बाट प्रारम्भ भएको कार्यक्रममा बिद्यार्थीहरुले आफ्नो बोलाईबाट आफ्नो सीप प्रस्तुत गर्दै संयुक्त परिवार र एकल परिवार तथा बृद्धअबश्थामा जेष्ठ नागरिकले ब्यहोर्नु परेको पीडाको बारेम बक्तब्य अभिब्यक्त भएको थियो। <> संस्थाका सल्लाहकार पन्च कुमारी मानन्धरले मन्तव्य राख्दै नेपालमा जेष्ठ नागरिक र बिस्वबाताबरणमा देखिएको पदूषणको चर्चा गर्नु हुँदै यसपकारको कार्यक्रम बाट समाजमा चेतना बढाउन सक्ने धारण राख्नु भयो।

    एजिङ्ग नेपालका अध्यक्ष तथा प्रमुख अतिथि चट्याङ मास्टरले बिस्वब्यापीरूपमा देखापरेको जेष्ठ नागरिक प्रती गरिने ब्यवहारको दु:खद बाताबरणको चर्चा गर्दै घर भित्रको बाताबरणमा जेष्ठ नागरिकको हक अधिकारको संरक्षणमा सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो। उहाले बिद्यार्थीहरुले जति जति उमेर बढ्यो सो अनुसार नागरिक सुरक्षा भत्ता बढाउन सुझाव राखेका थिए।

    साहित्य ,कला,संस्कृति समाजको आयोजनामाभएको यो कार्यक्रम कोरोना संकट पछिको पहिलो हो।यस कार्यक्रम  ,जेष्ठ नागरिक समाज ,महिला समुहको समेत सहयोग र सहभागिता रहेको थियो।जेष्ठ नागरिक खासगरी महिला जेष्ठ नागरिकहरुको उत्साह जनक उपस्थिति थियो।

    त्यसैगरि विद्यार्थीहरुलाइ विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराउदै आएको कुलेश्वर आवास माध्यामिक बिद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाइ पौडी खेल्न समेत लिएको छ।

    Screenshot_20220610-171755_Viber.jpgScreenshot_20220610-171736_Viber.jpgScreenshot_20220610-171717_Viber.jpg

    images
    शुक्रवार, जेठ २७ २०७९०५:२९:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार