Aug 13 2026 | २०८३, श्रावण २८ गते

माध्यमिक शिक्षा (SEE) को नतिजा असार मसान्तभित्र सार्वजनिक हुने

माध्यमिक शिक्षा (SEE) को नतिजा असार मसान्तभित्र सार्वजनिक हुने

  • 739
    SHARES

  • माध्यमिक शिक्षा (SEE) को नतिजा असार मसान्तभित्र सार्वजनिक हुने

    असार, ७ काठमाडौ। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

    बोर्डका अध्यक्ष महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताए।

    त्यसैगरी राष्ट्रिय परीक्षा बोर्ड SEE (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताए। अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको रायमाझिले जानकारी दिए।

    परिक्षा नियन्त्रक रायमाझीका अनुसार हाल कम्प्युटर इन्ट्री गर्ने, रुजु गर्नेलगायतका काम भइरहेको र ‘सम्पूर्ण काम सकेर असार मसान्तभित्र नतिजा सार्वजनिक गरिने तयारीमा बोर्ड रहेको छ।

    कार्यालयले असार २० सम्ममा प्राप्ताङ्क इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ।

    यसअघि चार महिनामा सार्वजनिक हुँदै आएको परीक्षाफल यस वर्ष करिब दुई महिनामै सार्वजनिक गर्ने गरी काम भइरहेको परीक्षा नियन्त्रक रायमाझीले बताए।

    कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि दुई वर्षपछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

    दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थीले एसईई परीक्षा दिएका थिए।

     

    images
    मंगलवार, आषाढ ७ २०७९०९:१५:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार