Oct 02 2026 | २०८३, आश्विन १६ गते

माध्यमिक तह कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट

माध्यमिक तह कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट

  • 565
    SHARES

  • माध्यमिक तह कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट

    असार, ९ काठमाडौँ- माध्यमिक तह कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट भएको शिक्षाविद्, बिज्ञ र सरोकारवालाहरुले जनाएका छन् ।

    उच्च शिक्षालय तथा विद्यालय संघ (हिसान) को काठमाडौँ समिति र कलेज रिडर पत्रिकाले आज आयोजना गरेको ‘प्लस टु शिक्षा : अवसर र चुनौती’ विषय बहस कार्यक्रम तथा भर्चुअल शैक्षिक मेलाका अवसरमा बोल्दै उनिहरुले नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु नपर्ने बताएका हुन् ।

    ‘प्लस टु शिक्षा : अवसर र चुनौती’ विषय बहस कार्यक्रम तथा भर्चुअल शैक्षिक मेलाका अवसरमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यालय तहको पाठ्यक्रम र परीक्षा पद्धतिमा आमूल परिवर्तन गर्न लागिएकाले नेपालमै गुणस्तरीय शिक्षा सम्भव रहेको बताए । उनले कक्षा ८, १० र १२ को बोर्ड परीक्षा गर्न प्रश्‍न बैंक निर्माण र शिक्षकलाई तालिमका लागि कार्ययोजना तयार गरिएको जानकारी दिए ।

    त्यसैगरी हिसानका अध्यक्ष रमेशकुमार सिलवालले कक्षा ११ र १२ को शिक्षा तुलनात्मक रूपमा गुणस्तरीय, सुलभ र विश्वसनीय भएको जनाउँदै विदेशमा पुँजी पलायन गराउनुभन्दा स्वदेशमै पढाउन अभिभावकलाई आग्रह गरे ।

    शिक्षाविद् डा विद्यानाथ कोइरालाले विद्यार्थीलाई जीवनोपयोगी र व्यावहारिक शिक्षा दिनुपर्ने र यसका लागि शिक्षकलाई तयारी गर्नुपर्नेमा जोड दिए । प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारी र ऐन प्याब्सनका सहअध्यक्ष सुवास न्यौपानेले गुणस्तरीय शिक्षाका लागि निजी विद्यालयको योगदानलाई राज्यले कदर गर्नुपर्ने बताए ।

    नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले आर्थिक रूपमा सक्षम र विपन्न सबै अभिभावकलाई सहज हुनेगरी आधुनिक प्रविधिलाई समेटेर शिक्षा दिइए विद्यार्थी विदेशमा जान आवश्यक नपर्ने बताए । रासस

     

    images
    बिहिवार, आषाढ ९ २०७९०९:४९:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार