Oct 02 2026 | २०८३, आश्विन १६ गते

बिद्यालय शिक्षा कक्षा १२ सम्म निःशुल्क गर्ने निर्णय ।

बिद्यालय शिक्षा कक्षा १२ सम्म निःशुल्क गर्ने निर्णय ।

  • 626
    SHARES

  • बिद्यालय शिक्षा कक्षा १२ सम्म निःशुल्क गर्ने निर्णय ।

    असार, १० काठमाडौंको । काठमाडौको संखरापुर नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्र रहेका सामुदायिक बिद्यालयमा कक्षा १ देखि १२ सम्म नि:शुल्क गर्ने निर्णय गरेको छ। नगरपालिकाको सातौ नगरसभा तथा आर्थीक बर्ष २०७९/८० को निति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो।

    त्यसैगरी नगरपालिकाले कक्षा १ देखि ३ सम्म नेपाल भाषा र तामाङ भाषाको पाठ्यक्रम तयार गरी मातृभाषाबाट पठनपाठन गर्ने निर्णय गरेको छ। सभाले विद्यालय स्तरबाटै मार्सल आर्टका खेलाडी उत्पादन गरी शंखरापुर नगरपालिकाका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादन गर्ने निर्णय समेत गरेको छ ।

    शुक्रबार साँखुमा सम्पन्न भएको सातौ नगरसभाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि १ अर्व ४० करोड ४८ लाख २१ हजार रुपैयाँको बजेट पारित समेत गरेको छ ।

    FB_IMG_1656079712154.jpgFB_IMG_1656079625962.jpg

    images
    शुक्रवार, आषाढ १० २०७९०७:४७:२०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार