Aug 13 2026 | २०८३, श्रावण २८ गते

तीन महिना बित्यो पाठ्यपुस्तक खोइ?

तीन महिना बित्यो पाठ्यपुस्तक खोइ?

  • 700
    SHARES

  • तीन महिना बित्यो पाठ्यपुस्तक खोइ?

    असार, २७ काठमाडौ । शैक्षिक बर्ष शुरु भएको तीन महिना पुग्न लाग्दा समेत अझै सबै विद्यार्थीहरुको हातमा पुस्तक पर्न सकेको छैन। पहिलो त्रैमासिक परिक्षा सकिदा सम्म समेत विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक नपुग्नु सम्बन्धित निकाय हरुको चरम लापरबाही नै हो।

    पाठ्यपुस्तक छपाइमा चरम लापरबाही भएको भन्दै सरोकार वाला र विद्यार्थीहरु पटक पटक आवाज उठाइ रहेकै छन।

    यसै सन्दर्भमा नेकपा बिप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सरकार र जनक शिक्षा सामाग्री केन्द्रको गैरजिम्मेवारका कारण बिद्यालयमा भएको पाठ्यपुस्तक अभावका बिरुद्ध बिरोध प्रदर्शन गरेको छ।FB_IMG_1657544031785.jpgFB_IMG_1657539697306.jpg

    क्रान्तिकारीको नेतृत्वमा हातमा पम्पलेट समातेर विद्यार्थी हरु सडकमा पाठ्यपुस्तक खोइ भन्दै चर्को नाराबाजी सहित बिरोध प्रदर्शन गरेका हुन।

    उनिहरुले सत्ताशिन शासक शिक्षा मन्त्रालय नेपाल सरकारको पुर्ण स्वामित्वमा रहेको जनक शिक्षा सामाग्री केन्द्रको लापरवाहीका कारण विद्यार्थीहरुले आजको दिनमा देशभर सरकारी र सामुदायिक विधालयमा पाठ्यपुस्तकको अभाव भएको बताएका छन।

    यसअघि पाठ्यपुस्तक छपाइमा लापरबाही गरेको भन्दै जनक शिक्षा सामाग्री केन्द्रका निर्देशक अनिल कुमार झा लाई विद्यार्थीहरुले कालो मोसे दलेका थिए ।FB_IMG_1657539704530.jpgFB_IMG_1657539700138.jpg

     

    images
    सोमवार, आषाढ २७ २०७९०८:२८:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार