Oct 08 2026 | २०८३, आश्विन २२ गते

क्याम्पस भवन बनाउन स्थानीय समाजसेवीद्वारा जग्गा दान ।

क्याम्पस भवन बनाउन स्थानीय समाजसेवीद्वारा जग्गा दान ।

  • 334
    SHARES

  • क्याम्पस भवन बनाउन स्थानीय समाजसेवीद्वारा जग्गा दान ।

    साउन, ८ काठमाडौ । यशोधरा गाउपालिका कपिलवस्तुमा एक जना स्थानिय समाजसेवीले क्याम्पस बनाउन ब्यक्तिगत सम्पत्ति दान गरेका छन । यशोधरा गौपालिका वडा नम्बर ५ सिठौली निवासी सोमनाथ कुर्मिले क्याम्पस निर्माण गर्न १० कट्ठा जमिन दान दिएका हुन।

    विद्यार्थीहरुको सुबिधाका लागि क्याम्पस भवन निर्माण गर्न जग्गाको अभाव भएकोले कुर्मिले मालपोतमा गएर आफ्नो नामको जमिन क्याम्पसको नामम नामसारी गर्ने घोषणा गरेका छन। उक्त जग्गा ग्रामीण सडकले छोएको हुदा ५० लाख बराबर पर्ने जनएको छ।

    शिक्षा, समाज र राष्ट्र निर्माणको अभिन्न अंग भएकोले भौतिक संरचनाकै कारण शिक्षालयहरुले समस्या भोग्न नपरोस भन्दै जग्गा दान दिएको समाजसेवी शोमनाथ कुर्मीले बताउनु भयो। यस आर्थिक बर्षमा क्याम्पस भवन बनाउन गाउपालिकाले डिपिआरकोलागि १५ लाख बजे बिनियोजन गरेको छ।

    कुर्मिले यसअघि समेत आधारभुत स्वास्थ्य केन्द्र बैदैली र पशुपति शिक्षा मन्दिर सुठौलिलाइ समेत गज्जा दान दिएको बताउनु भयो। #गोरखापत्र बाट

     

    images
    आइतवार, श्रावण ८ २०७९०७:०६:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार