Oct 02 2026 | २०८३, आश्विन १६ गते

उच्च शैक्षिक संस्थाहरु ‘नेशनल रजिष्ट्री’मा दर्ता अनिवार्य।

उच्च शैक्षिक संस्थाहरु ‘नेशनल रजिष्ट्री’मा दर्ता अनिवार्य।

  • 710
    SHARES

  • उच्च शैक्षिक संस्थाहरु ‘नेशनल रजिष्ट्री’मा दर्ता अनिवार्य।

    साउन-१६ काठमाडौ । विश्वविद्यालय अनुदान आयोगले उच्च शैक्षिक संस्थाहरुलाई नेशनल रजिष्ट्रीमा दर्ता हुन अनिवार्य गरेको छ। आयोगले हालसम्म नेपालमा सञ्चालित उच्च शैक्षिक संस्थाहरूको अभिलिखिकरण गर्न नेशनल रजिष्ट्री दर्ता गर्ने भएको हो ।

    आयोगले एक सूचना जारी गर्दै नेपालमा सञ्चालित उच्च शैक्षिक संस्थाहरु हालसम्म राष्ट्रिय स्तरमा दर्ता तथा औपचारीक अभिलेखिकरणको व्यवस्था नभएकोले नेशनल रजिष्ट्रीमा दर्ता गरि अलग्गै पहिचान नम्बर प्रदान गर्ने जनाएको छ।

    आयोगका अनुसार संस्थाको प्रोफाई तयार गरी आवधिक रुपमा अद्यावधिक गर्ने र समग्र सूचनालाई एकिकृत प्रणालिमा ल्याउने उदेश्यले यस्तो निर्णय गरेको बताइएको छ । साथै सम्पूर्ण उच्च शैक्षिक संस्थाहरु केन्द्रीय क्याम्पस,आंगिक, सामुदयिक,निजी, गुठी, तथा विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालभित्र सञ्चालित संस्थाहरुलाई भदौ मसान्त भित्र अनिवार्य रुपमा नेशनल रजिष्ट्री दर्ता गर्न निर्देशन दिएको छ ।

    फारम भर्न बिश्वबिद्धालय अनुदान आयोगको लिङ्क क्लिक गर्नुस ।  https://docs.google.com/forms/d/1rRt4TaAKmcLXm32LZ3mVijbywnnnRawMah0ge-2dI9g/edit

    Screenshot_20220801-095819_Facebook.jpg

    images
    सोमवार, श्रावण १६ २०७९०५:३९:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार