Aug 13 2026 | २०८३, श्रावण २८ गते

दोश्रो बेल्मोन्ट राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न।

दोश्रो बेल्मोन्ट राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न।

  • 1.3K
    SHARES

  • दोश्रो बेल्मोन्ट राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न।

    साउन, २१ काठमाडौ । बेल्मोन्ट इन्टरनेसनल स्कुल/कलेज द्वारा दोश्रो राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न गरिएको छ। 'Sports for Health, Sports for Nation' मुख्य नारा रहेको राष्ट्रिय खेलकुद परिषद अन्तर्गत Japan Karate Do Shoto Ryi Association Nepal दोश्रो बेल्मन्ट / पहिलो Shoto Ryu राष्ट्रिय कराते प्रतियोगिता २०७९ सम्पन्न भएको हो।20220806_141838.jpg

    प्रतियोगितामा ४ वटा प्रदेशका झण्डै ५ बर्ष अर्थात १५ केजि तौल देखि ६० केजि तौल सम्मका १५० जना विद्यार्थी सहभागी रहेका थिए ।Screenshot_20220811-191748_Viber.jpg

    उक्त प्रतियोगीताको कोर्डिनेट प्रमुख कोच बिश्व घिमिरेले गर्नुभएको थियो। उद्घाटन सत्रमा प्रमुख अतिथी बिनोद श्रेष्ठ (जिफन्ट अध्यक्ष) हुनुहुन्थ्यो भने समापन समारोहमा प्रमुख अतिथि कमल चौलागाइ(पोलिटब्युरो सदस्य नेकपा एमाले) रहनु भएको थियो।

    प्रतियोगितामा बेल्मन्ट स्कुलका प्रीन्सिपल महेश भट्टराईले खेल आफ्नो स्वास्थ्य र राष्ट्रकोलागी महत्त्वपूर्ण रहेको बताउनु भयो। उहाले विद्यार्थीहरुको सर्वाङ्गिण बिकासलागि अति आवस्यक रहेको बताउनु भयो। उहाले खेल जगतलाइ बिकास गर्न हरेक बिद्यालययहरुले अतिरिक्त क्रियाकलापमा खेलकुदलाइ विशेष महत्व दिनुपर्ने बताउनु भयो।20220806_120806.jpg

    प्रतियोगिता कार्यक्रममा राष्ट्रिय कराते संघ का विभिन्न पदाधिकारीहरुको उपस्थित रहेको थियो भने राष्ट्रिय स्तरका कोचहरुद्वारा खेल खेलाइएको थियो। खेलमा प्रथम द्वितीय र तृतीय स्थान हाँसिल गर्नेलाई ट्रफी, र मेडल बितरण गरेको थियो।

    प्रतियोगितामा १५ केजि तौल अन्तर्गत काठमाडौका बिधान घिमिरे प्रथम भएका थिए। २० केजि तौल अन्तर्गत पर्साका प्रतीक कार्की प्रथम, काठमाडौका प्रीन्स मगर द्वितीय र काठमाडौकै अबिक बुढाथोकी तृतीय भएका थिय। त्यसैगरी २५ केजि तौल अन्तर्गत काठमाडौका समीर मगर प्रथम, पर्साका मनिक कुवर द्वितीय र पर्साकै एलिस तामाङ तृतीय स्थान हासिल गरेका थिए।Screenshot_20220811-191638_Viber.jpg

    ३० केजि अन्तर्गत काठमाडौका हेम श्रेष्ठ प्रथम, पर्साका आयुस तामाङ द्वितीय र काठमाडौकै निर्पेस गुरुङ तृतीय स्थान सासिल गरेका थिए। त्यसैगरी ३५ केजि तौल अन्तर्गत भक्तपुरका राजन बन प्रथम, पर्साका सोनम कार्की द्वितीय र काठमाडौका प्रत्युस पाण्डे तृतीय भएका थिए। ४० केजि तौल अन्तर्गत बेल्मन्ट स्कुल काठमाडौका दिवस थापामगर प्रथम, पर्साका सम्राट् थापा द्वितीय र काठमाडौकै सहुर सेट्टी तृतीय स्थान हासिल गरेका थिए। त्यस्तै ४५ केजि तौल अन्तर्गत काठमाडौका पदमलाल केसि प्रथम, बेलमन्ट स्कुल काठमाडौका सुरेस बिक र बिष्णु गिरि क्रमस द्वितीय र तृतीय स्थान हासिल गरेका थिए। ५० केजि तौल अन्तर्गत रादिप बस्नेत, सुरेस बिक, बिष्णु गिरि क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए। ५५ केजि तौल अन्तर्गत सन्देश काठमाडौ, अरुण मगर काठमाडौ, र रोहन लिम्बू भक्तपुर का क्रमशः प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेका थिए। त्यसै गरि ६० केजि तौल अन्तर्गत हिमाल गुरुङ प्रथम, बाल कृष्ण द्वितीय र अरुण तृतीय स्थान हासिल गरेका थिए।Screenshot_20220811-191716_Viber.jpg

    महिला अन्तर्गत २० किलो तौल रुबि श्रेष्ठ प्रथम, लक्ष्मी श्रेष्ठ द्वितीय र ग्रासी वाइवा पर्साका तृतीय स्थान हासिल गरेका थिए।तेस्तै २५ केजि तौल अन्तर्गत काठमाडौका रिसिका सुनार प्रथम, सरिता लिम्बू द्वितीय र पोखराकी सपना राई तृतीय स्थान हासिल गरेका थिए। त्यसैगरी ३० केजि तौल अन्तर्गत पर्साकी मन्जु नापित (पर्सा) प्रथम, मिराना गौतम (काठमाडौ) कि द्वितीय र पोखराकी सम्झना लिम्बू तृतीय स्थान हासिल गरेका थिए। ३५ केजि तौल अन्तर्गत काठमाडौकि करुणा राई प्रथम, सुनिता तामाङ द्वितीय र पोखराकी कल्पना घर्तिमगर तृतीय स्थान हासिल गरेकी थिइन। त्यसैगरी ४० केजि तौल अन्तर्गत मुस्कान थापा (भक्तपुर) प्रथम, रोसिका ओझा द्वितीय र काठमाडौकि अप्सरा तिमिल्सिना तृतीय स्थान हासिल गरेका थिए। तेस्तै ४५ केजि तौल अन्तर्गत काठमाडौकि युबिसा परियार प्रथम, भक्तपुर कि मयांका दाहाल द्वितीय र काठमाडौकि रिचा थापा तृतीय स्थान हासिल गरेका थिए। र ५० केजि तौल अन्तर्गत काठमाडौकि सपना गोपाली प्रथम, भक्तपुरकि खुसी शर्मा द्वितीय र काठमाडौकि रिचा थापा तृतीय स्थान हासिल गरेका थिए।Screenshot_20220811-191627_Viber.jpg

    त्यसैगरी प्रतियोगितामा बागमती प्रदेशले ९ गोल्ड मेडल, ७ सिल्भर र ५ ब्रोन्ज सहित प्रथम स्थान हासिल गर्‍यो। आयोजक बेल्मन्ट इन्टरनेसनल स्कुल ५ गोल्ड, ३ सिल्भर र ५ ब्रोन सहित पहिलो रनर भयो भने प्रदेश नम्बर २, गोल्ड ४, सिल्भर ५ र ब्रोन्ज ३ सहित दोश्रो रनर भएको थियो।

    खेलकुद प्रतियोगिता राजनिती, खेल र सामाजिक कार्यमा संगल्ग्न अतिथी हरुको सहभागीतामा भब्य रुपमा सम्पन्न भएको थियो।

     

    images
    बिहिवार, श्रावण २६ २०७९०७:१५:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार