Oct 02 2026 | २०८३, आश्विन १६ गते

CTEVT

CTEVT द्वारा एक विषय मौका परीक्षाको आवेदन फाराम खुला, डिप्लोमा तहका परीक्षा तालिका सार्वजनिक।

CTEVT द्वारा एक विषय मौका परीक्षाको आवेदन फाराम खुला, डिप्लोमा तहका परीक्षा तालिका सार्वजनिक।

  • 678
    SHARES

  • CTEVT द्वारा एक विषय मौका परीक्षाको आवेदन फाराम खुला, डिप्लोमा तहका परीक्षा तालिका सार्वजनिक।

    साउन, २९ काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले एक विषय मौका परीक्षाको आवेदन फाराम भर्नका लागि सूचना जारी गरेको छ । परिषदका आंगिक, साझेदारी, सामुदायिक बिद्यालय र निजि निजि स्तरमा संचालित बार्षिक परिक्षा प्रणाली अन्तर्गत डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न बिषयहरुको प्राबिधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमतर्फ यो सूचना प्रकाशित भएको हो।

    विशेष छात्रवृत्ति कार्यक्रमतर्फ यो सूचना प्रकाशित भएको मितिसम्म प्रथम र दास्रो वर्ष उत्तीर्ण भई तेस्रो वर्षमा मात्र कुनै एक विषय अनुत्तीर्ण भएका सैद्धान्तिक एक विषयको मौका परीक्षा असोजमा सञ्चालन गर्ने भएकोले आवेदन फारम भर्नका लागि सूचना जारी गरेको छ ।

    परिक्षा फारम सम्बन्धित परीक्षार्थीहरुले भदौ १२ गतेभित्र नियमित शुल्कमा र भदौ १९ गतेभित्र विलम्ब शुल्कमा सम्बन्धित शिक्षालयहरुमा बुझाउनु पर्ने छ ।

    डिप्लोमा तहका परीक्षा तालिका सार्वजनिक।

    सिटिइभिटिले डिप्लोमा तहका सेमेस्टर परीक्षाको नियमित आंशिक परीक्षा तालिका सार्वजनिक गरेको छ । डिप्लोमा तह सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्ड नियमित, आंशिक तथा प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम तर्फ परीक्षाको आवेदन दिएका परीक्षार्थीका लागि तालिका सार्वजनिक गरेको हो ।

    सुचना अनुसार बिस्तृत परिक्षा तालिका हेर्न परिसदको वेबसाईट www.ctevt.org.np मा गएर हेर्न सकिने छ।

    यस्तो छ सूचना ।

    Screenshot_20220814-062151_Facebook.jpgFB_IMG_1660437786852.jpg

    images
    आइतवार, श्रावण २९ २०७९०६:५५:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार