Aug 13 2026 | २०८३, श्रावण २८ गते

संस्थागत विद्यालयलाई काठमाडौ महानगरको निर्देशन, १० प्रतिशत नघट्नेगरी छात्रवृत्ति विवरण सुचना पाटिमा टाँस।

संस्थागत विद्यालयलाई काठमाडौ महानगरको निर्देशन, १० प्रतिशत नघट्नेगरी छात्रवृत्ति विवरण सुचना पाटिमा टाँस।

  • 993
    SHARES

  • संस्थागत विद्यालयलाई काठमाडौ महानगरको निर्देशन,  १० प्रतिशत नघट्नेगरी छात्रवृत्ति विवरण सुचना पाटिमा टाँस।

    साउन, २९ काठमाडौ। काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ सञ्चालित संस्थागत विद्यालयहरुलाई छात्रवृत्तिको सूचना विद्यालयको सूचना पाटीमा टाँस्न निर्देशन दिएको छ । महानगर शिक्षा बिभागले महानगर भित्रका संस्थागत बिद्यालयहरुलाइ एक पत्र मार्फत यस्तो निर्देशन दिएको हो।

    महानगर शिक्षा विभागले साउन २२ गते पत्र मार्फत संस्थागत विद्यालयहरुले कूल विद्यार्थी संख्याको १० प्रतिशत नघट्ने गरी नियमानुसार समावेशी आधारमा छात्रवृत्ति वितरणको लागि विद्यालयको सूचना पाटीमा सूचना टाँस गरि काठमाडौं महानगर भित्रका कक्षा ११ र १२ सञ्चालित संस्थागत विद्यालयहरुले अभिभावकबाट आवेदन लिई भदौ १५ गतेभित्र छात्रवृत्तिको व्यवस्था गर्न सूचित गरेपनि कैयौ संस्थागत विद्यालयहरुले हालसम्म पनि सूचना नटाँसेको पाइएको सरोकारवालाहरुबाट महानगर शिक्षा बिभागमा गुनासो परेले उक्त कार्य समयभित्रै सम्पन्न गर्न विभागले पुनः निर्देशन दिएको जनाएको छ ।

    महानगरले ३२ वटै वडा कार्यलयहरुलाइ आ-आफ्नो वडा अन्तर्गतका बिद्यालयमा नियमानुसार समावेशी आधारमा छात्रवृत्ति छनौट गरि सोको विवरण महानगर शिक्षा बिभागमा पठाउन समेत निर्देशन दिएकोछ।

    महानगरले प्याब्सन महानगर कमिटी, एनप्याब्सन महानगर कमिटी, अभिभावक संघ नेपाल र राष्ट्रिय अभिभावक संघ नेपाल लाई बोधार्थको रुपमा पत्र पठाएको छ।

    यस्तो छ महानगरको पत्र Screenshot_20220814-183121_Chrome.jpg

    images
    आइतवार, श्रावण २९ २०७९०७:१७:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार