बुधवार, भाद्र १५ २०७९
भदौ, १५ काठमाडौ । प्राबिधिक तथा व्यवसायीक तालिम परिषद (सिटिइभिटी) डिप्लोमा-प्रमाणपत्र तह पूर्ण शुल्कीय तर्फको स्वास्थ्य कार्यक्रम र डिप्लोमा-प्रमाणपत्र तह तथा प्रि–डिप्लोमा तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रमहरुको प्रवेश परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयद्वारा वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कार्यक्रमको साउन १२, २७ र भदौ ९ गते प्रकाशित प्रवेश परीक्षाको लागि आवेदन फाराम भर्ने विद्यार्थीको केन्द्र निधाएरण गरेको हो ।
रितपुर्वकको आवेदन फाराम भरी प्रवेश पत्र प्राप्त गरेका परिक्षार्थीहरुलाई प्रवेश परीक्षाका लागि तोकिएको मितिमा सम्वन्धित परिषद्, प्रदेश कार्यालयहरुबाट परीक्षा केन्द्रका लागि सिफारिश गरिए अनुसार केन्द्र निर्णारण गरेको छ । परीक्षा केन्द्र हेर्न ctevtexam.org.np मा गएर हेर्न सक्नु हुनेछ।






















