Oct 08 2026 | २०८३, आश्विन २२ गते

योगमाया आयुर्वेद बिश्वबिद्धालय बिधेयक पारित।

योगमाया आयुर्वेद बिश्वबिद्धालय बिधेयक पारित।

  • 452
    SHARES

  • योगमाया आयुर्वेद बिश्वबिद्धालय बिधेयक पारित।

    भदौ, २९ काठमाडौ । राष्ट्रपति बिद्यादेवि भण्डारीद्वारा योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा विधेयकमाथि भएको दफाबार छलफलको प्रतिवेदनसहित छलफलका लागि प्रस्ताव गर्नुभएपछि उक्त विधेयक सर्वसम्मतिबाट पारित भएको हो ।

    छलफलमा उठेका विषयमा स्पष्ट पार्दै मन्त्री पौडेलले नेपाली महिला मुक्ति आन्दोलनकी अग्रणी योगमायाको नाममा अरुण उपत्यकामा स्थापना हुने सो विश्वविद्यालयमा विदेशी विद्यार्थीसमेत ल्याई आयुर्वेदिक विषयमा खोज अनुसन्धान हुने बताए ।

    आयुर्वेद, योग चिकित्सा तथा जडीबुटीको अध्ययन, अनुसन्धान गरी दक्ष जनशक्ति उत्पादन गर्न यो विधेयक ल्याइएको हो । यो विधेयक प्रमाणीकरण भएको ३१औँ दिनदेखि लागू हुनेछ ।

     

    images
    बुधवार, भाद्र २९ २०७९०३:२८:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार