Oct 08 2026 | २०८३, आश्विन २२ गते

ब्राइटफ्युचर स्कुलद्वारा बाल दिवस भव्य रुपमा सम्पन्न ।

ब्राइटफ्युचर स्कुलद्वारा बाल दिवस भव्य रुपमा सम्पन्न ।

  • 378
    SHARES

  • ब्राइटफ्युचर स्कुलद्वारा बाल दिवस भव्य रुपमा सम्पन्न ।

    भदौ, ३० काठमाडौ । चन्द्रागिरी नगरपालिका काठमाडौमा अवस्थित ब्राइटफ्युचर स्कुलले राष्ट्रिय बालदिवस भव्य रुपमा सम्पन्न गरेको छ। बिद्यालयका सबै बालबालिकाहरुलाइ सहभागी गराइ विभिन्न अतिरिक्त क्रियाकलापहरु आयोजना गरि सम्पन्न गरेको हो।IMG-e29c925580887562aa350dad51147730-V.jpg

    कार्यक्रममा बिशेष अतिथी च.न.पा. शिक्षा बिभाग शाखा प्रमुख बुद्धि प्रसाद भट्ट, बिद्यालय प्रधानाध्यापक दयाराम थापा, तथा निर्देशक मोहन कार्की ज्यु को सहभागीतामा विद्यार्थीहरुलाइ पुरस्कार बितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरियो।IMG-37b75a286fbab5959b3d1a34314ed28f-V.jpg

    यस बर्ष 'बाल मैत्री समाजको आधार' 'जिम्मेवार परिवार, उत्तरदायी सरकार' भन्ने मुल नाराका साथ राष्ट्रिय बालदिवस भव्य रुपमा सम्पन्न गरिएको छ।

    प्रथम अन्तर्राष्ट्रिय बाल दिवस सन १९५४ मा स्थापना भएको थियो। हरेक बर्षको नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बालदिवस मनाइन्छ भने नेपालमाभाद्र २९ गते राष्ट्रिय बाल दिवस भब्यताका साथ मनाइन्छ ।

    सेम्टेम्बर १४ सन १९९० नेपालले हस्ताक्षर गरि सबै उल्लेखित प्रोटोकल पालना गरि युनाइटेड नेसन कन्भेन्सनको बाल अधिकार बाट पारित भएको थियो। जसले बाल बिकास, बाल अधिकारको संरक्षण र बाल सहभागिताको लागि अग्रसर रहने गर्दछ।

     

    images
    बिहिवार, भाद्र ३० २०७९०७:५७:०७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार