Oct 08 2026 | २०८३, आश्विन २२ गते

संस्कृति संरक्षणमा टेक्सास, देउसी भैलो कार्यक्रम सम्पन्न।

संस्कृति संरक्षणमा टेक्सास, देउसी भैलो कार्यक्रम सम्पन्न।

  • 939
    SHARES

  • संस्कृति संरक्षणमा टेक्सास, देउसी भैलो कार्यक्रम सम्पन्न।

    असोज, ६ काठमाडौँ । टेक्सास इन्टरनेसनल स्कुल/ कलेजले नेपाली मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौँको चावहिल क्षेत्र अन्तर्गत सिफलमा अवस्थित एक गुणस्तरीय शिक्षा प्रदान गदैँ आइरहेको उक्त सुविधा सम्पन्न विद्यालयले कक्षा २ देखि १० सम्मका विद्यार्थीहरुलाई कक्षागत रुपमा समूह समूह बनाएर विद्यालयमै देउसी भैलो खेलाउने काम सम्पन्न गरेको हो।FB_IMG_1666538993309.jpg

    मन्टेश्वरीदेखि स्नातकोत्तर तहसम्म पठनपाठन हुँदै आएको टेक्सास इन्टरनेसनल स्कुल / कलेज जहाँ पढाइ लेखाइका अलावा अतिरिक्त कृयाकलापलाई पनि उत्तिकै महत्त्वका साथ हेरिने गरिन्छ ।FB_IMG_1666538646609.jpg

    विशेष गरी विद्यालयले नेपाली संस्कृति संरक्षणमा विभिन्न कार्यहरू गदैँ आइरहेको छ । यही कार्तिक ४ गते शुक्रबारका दिन आयोजित उक्त देउसी भैलो कार्यक्रममा बोल्दै विद्यालयका स्कुल कोर्डिनेटर लेखराज घिमिरेले सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूलाई दीपावलीको शुभकामना दिनुहुँदै हाम्रा चाडपर्वहरूले एकातर्फ हामीलाई एकताको शूत्रमा बाँँध्ने काम गर्दछन् भने अर्कातर्फ आफ्नो पहिचान कहिल्यै गुम्न दिँदैनन् भन्ने कुरामाथि विशेष जोड दिनुभयो । त्यसैगरी स्कुल इन्चार्ज राजु पौडेलले सवैलाई अनुशासित बनी पर्वहरू मनाउन सल्लाह दिनुभयो ।FB_IMG_1666412365930.jpg

    कार्यक्रमको अन्त्यमा विद्यालयका प्र. अ. श्याम सुन्दर श्रेष्ठले कलिला बालबालिकाले हाम्रा रसिला पर्वहरूलाई जिवन्त राख्न विशेष भूमिका खेल्न सक्ने विचार राख्दै कार्यक्रममा सहभागी सवैप्रति धन्यवाद ज्ञापन पनि गर्नु भयो ।

    मुलतः संस्कृति जगेर्नाका लागि आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूबाट देउसीमा भट्याउने, नाँचगान गर्ने र अन्त्यमा आशिष् दिने देउसीका नियमलाई बडो कुशलतापूर्वक प्रदर्शन गर्ने काम भयो । साथै, विद्यालयका शिक्षक कर्मचारीहरूले विद्यालमै सेलरोटी पकाई देउसेहरू तथा सम्पूर्ण शिक्षक कर्मचारीहरूलाई मीठा सेलरोटी खुवाएर तिहार पर्व मनाउने काम सम्पन्न गर्‍यो।FB_IMG_1666412343739.jpg

     

    images
    आइतवार, कार्तिक ६ २०७९०८:५८:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार