Oct 09 2026 | २०८३, आश्विन २३ गते

राप्रपाको घोषणापत्र, शिक्षा स्वास्थ र न्याय नि:शुल्क बनाउने।

राप्रपाको घोषणापत्र, शिक्षा स्वास्थ र न्याय नि:शुल्क बनाउने।

  • 626
    SHARES

  • राप्रपाको घोषणापत्र, शिक्षा स्वास्थ र न्याय नि:शुल्क बनाउने।

    कार्तिक, १४ काठमाडौ । राष्ट्रिय प्रजातान्त्र पार्टिले आफ्नो घोषणापत्रमा शिक्षा, स्वास्थ्य र न्याय नि:शुल्क बनाउने बताएको छ। राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्दै कक्षा १२ सम्म नि:शुल्क बनाउने घोषणा गरेको हो।

    घोषणापत्रमा आधारभूत तहसम्म स्थानीय मातृभाषामा शिक्षा प्रदान गर्ने उल्लेख गरेको छ। त्यसैगरी विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षा मन्त्री सहकुलपति हुने व्यवस्थालाई अन्त्य गरी प्रतिष्पर्धाको नयाँ मापदण्ड अपनाई कुलपति, सहकुलपति र उपकुलपति चयन गर्ने व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ ।

    घोषणापत्रमा शिक्षा क्षेत्रमा देखिएको अत्याधिक राजनीतिकरण, दलीय भागवण्डा, अराजकता, र विसंगतिलाई कानूनी रुपमा अन्त्य गर्ने समेत उल्लेख गरेको छ।

    काठमाडौंको बुढानीलकण्ठ स्कूललाई सातै प्रदेशमा नमुना विद्यालयको रुपमा स्थापना गर्ने, सबै प्राविधिक विद्यालयलाई स्रोत साधनयुक्त बनाईने, प्रत्येक स्थानीय तहमा बेरोजगार युवाको लागि सीपमुलक तालिम केन्द्र स्थापना गरी  सीप सिकेका युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने राप्रकाको घोषणापत्रमा उल्लेख गरेको छ ।

    Screenshot_20221031-121847_Facebook.jpgScreenshot_20221031-121912_Facebook.jpgScreenshot_20221031-121856_Facebook.jpg

    images
    सोमवार, कार्तिक १४ २०७९०१:०१:३९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार