Oct 09 2026 | २०८३, आश्विन २३ गते

शिक्षामा २० प्रतिशत बजेट छुट्याउने, माध्यामिक तहसम्म नि:शुल्क र अनिवार्य गर्ने: नेकपा (एस)

शिक्षामा २० प्रतिशत बजेट छुट्याउने, माध्यामिक तहसम्म नि:शुल्क र अनिवार्य गर्ने: नेकपा (एस)

  • 389
    SHARES

  • शिक्षामा २० प्रतिशत बजेट छुट्याउने, माध्यामिक तहसम्म नि:शुल्क र अनिवार्य गर्ने: नेकपा (एस)

    कार्तिक, १४ काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले शिक्षामा कुल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्ने र माध्यामिक शिक्षा नि:शुल्क र अनिवार्य गर्ने प्रतिबद्धता सहित घोषणापत्र सार्वजनिक गरेको छ। आज एक कार्यक्रमका बिच पार्टिको घोषणापत्र सार्वजनिक गर्दै नेकपा एसले संविधानमा उल्लेख भए बमोजिम शिक्षाको मौलिक हक कार्यान्वयन गर्न व्यक्त  प्रतिबद्धता गरेको हो।

    नेकपा एसको घोषणापत्रमा प्रदेश तथा स्थानीय सरकारहरू साधनस्रोत सम्पन्न नहुञ्जेलका लागि माध्यमिक शिक्षासम्म सङ्घीय सरकारबाट लगानी गर्ने कार्यमा जोड दिइने समेत उल्लेख गरिएको छ।

    त्यसैगरी ‘सामुदायिक / सरकारी विद्यालयको शिक्षाको स्तर आमरूपमा खस्किएकोले पठन–पाठनको स्तर सुधारका लागि प्रतिवद्धता व्यक्त गर्ने समेत घोषणापत्रमा उल्लेख गरिएको छ।

    सामजवादिले सामुदायिक विद्यालयका लागि सुरक्षित भवन, पर्याप्त फर्निचर, पुस्तकालय, शैक्षिक सामग्री, प्रयोगशाला, खानेपानी, शौचालय, छात्रावास, खेल मैदान र खेदकुद सामग्री, सरसफाइ आदिको उचित प्रबन्ध गर्न पहल गरिने  घोषणा पत्रमा उल्लेख गरेको छ ।

    त्यसैगरी विद्यार्थीहरूले उच्च माध्यमिक तहको शैक्षिकस्तर पूरा गरेपछि मध्यम स्तरको दक्ष नागरिक बन्ने र दश जोड दुई उत्तीर्ण गरेको विद्यार्थी स्वरोजगार हुनसक्ने गरी पाठ्यक्रममा सुधार गर्नका लागि आवश्यक पहल गरिने बताएको छ।

    समाजवादीको घोषणापत्रमा राज्यले सार्वजनिक शिक्षामा लगानी तथा क्षमता वृद्धि गर्ने, निजी लगानीमा सञ्चालित विद्यालयहरूलाई नियमन गर्दै दुईखाले शिक्षा प्रणालीमा रहेको विभेद क्रमशः हटाउने समेत उल्लेख गरिएको छ।

    त्यसैगरी शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त गराउन तथा विद्यालय एवं बालबालिकालाई शान्तिक्षेत्रका रूपमा स्थापित गर्न विशेष जोड दिइने बताइएको गरेको छ ।

    FB_IMG_1667222288752.jpgFB_IMG_1667222291059.jpgFB_IMG_1667222292926.jpg

    images
    सोमवार, कार्तिक १४ २०७९०७:०२:३५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार