Oct 09 2026 | २०८३, आश्विन २३ गते

सबैकालागी गुणस्तरीय शिक्षा, माओवादी केन्द्रको प्रतिबद्धता ।

सबैकालागी गुणस्तरीय शिक्षा, माओवादी केन्द्रको प्रतिबद्धता ।

  • 633
    SHARES

  • सबैकालागी गुणस्तरीय शिक्षा, माओवादी केन्द्रको प्रतिबद्धता ।

    कार्तिक, १४ काठमाडौ । सबैकालागी गुणस्तरीय शिक्षा नेकपा (माओवादी केन्द्रको) प्रतिबद्धता र शिक्षा नागरिकको अधिकार, समाजवाद निर्माणको आधार भन्ने नारा सहित आफ्नो प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । माओवादी केन्द्रले एक कार्यक्रमका बिच आफ्नो प्रतिबद्धता सार्वजनिक गरेकोहो।

    प्रतिबद्धता पत्रमा नेपालको शिक्षा प्रणालीमा हाल सम्म रहेका कमिकमजोरीका कारण शैक्षिक उपाधी प्राप्त गरेका युवाहरु बेरोजगार रहने , शैक्षिक कृयाकलाप सकिसकेपछि समेत सो अनुसार को ज्ञान, सीप र क्षमताको अभाव हुने उद्योग व्यावसाय तथा निर्माण परियोजना हरु दक्ष जनशक्ति नपाउने जस्ता समस्या लामो समय देखि भोग्नुपरेको उल्लेख गरिएको छ।

    प्रतिबद्धता पत्रमा शिक्षालाइ गुणस्तरीय, रोजगार मुलक जिवनउपयोगी र सर्वसुलभ तुल्याउन शिक्षा प्रणालिमै व्यापक सुधार गरिने बताइएको छ। बिज्ञान र प्रबिधि र इन्जिनियरिङ र गणित (स्टेम) शिक्षालाइ माध्यामिक तह देखि अनिवार्य गरिने घोषणापत्र मा उल्लेख गरिएको छ।

    केन्द्रले संघीय शिक्षा ऐन सरकार बनेपछी ६ महिना भित्र जारी गर्ने, सातै प्रदेस तथा स्थानिय तहको शिक्षा ऐन निर्माणमा सहजीकरण गरिने, र नि:शुल्क तथा अनिवार्य शिक्षा सम्बन्धी ऐन ल्याइ नागरिकको शिक्षा पाउने अधिकार सुनिस्चित गरिने उल्लेख गरिएको छ।

    विद्यालय तहमा कार्यरत कर्मचारीको सेवा, सर्त र सुविधालाई व्यवस्थित गरी उनीहरुका समस्याको समाधान गरिने , लामो समयदेखि आंशिक प्राध्यापकका रूपमा कार्यरत प्राध्यापकहरूलाई करार तथा स्थायी गराउने प्रक्रिया अगाडि बढाइने र राहत, करार लगायतका शिक्षक तथा प्राध्यापकलाई विशेष कानुनी रुपमा व्यवस्थापन गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरेको छ ।

    त्यसैगरी प्रतिबद्धता पत्रमा लामो समयदेखि अध्यापन गराइरहेका एक लाखभन्दा बढी राहत, करार लगायतका शिक्षक तथा प्राध्यापकलाई विशेष कानुनी व्यवस्था गरी स्थायी गरिने उल्लेख गरेको छ ।

    तेस्तै सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा रहेको अन्तरलाई न्यूनीकरण गर्दै पाँच वर्षभित्र सबै शिक्षण संस्थामा समस्तर कायम गरी गुणस्तरीय शिक्षा प्रदान गरिने घोषणा पत्रमा उल्लेख गरेको छ ।

    शैक्षिकसत्र शुरुहुनु भन्दा एक महिना पहिने नै पाठ्यपुस्तक सम्बन्धित शैक्षिक संस्थामा पुर्‍याउने समेत प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।

    बिस्तृत जानकारीका आगि हेर्नुस प्रतिबद्धता पत्र

    Screenshot_20221031-160907_Facebook.jpgScreenshot_20221031-160922_Facebook.jpgScreenshot_20221031-160936_Facebook.jpg

    images
    मंगलवार, कार्तिक १५ २०७९०७:४५:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार