Oct 09 2026 | २०८३, आश्विन २३ गते

रुकुम पश्चिममा बिद्यालय चोरी ।

रुकुम पश्चिममा बिद्यालय चोरी ।

  • 458
    SHARES

  • रुकुम पश्चिममा बिद्यालय चोरी ।

    कार्तिक, १५ काठमाडौ । रुकुम पश्चिम, त्रिवेणि गाउपालिकाको एक विद्यालयमा चोरी भएको छ । गाउँपालिका वडा नम्बर ९ को श्री हिमालय जनता मावीमा सोमबार राति चोरी भएको हो ।

    विद्यालयका प्राधानाध्यापक नरसिं वलीका अनुसार विद्यालयबाट चार वटा डेस्टव कम्प्युटर, एक ल्याटप र दुई वटा भलिवल चोरी भएको बताइएको छ।

    उहाँका अनुसार विद्यालयको मुल गेटको ताला फुटाएर भित्र पसेको र प्रशासनिक कक्ष र कम्प्युटर कक्षको समेत ताला फुटाएर उक्त सामान चोरी भएको बताइएको छ ।विद्यालयबाट अरु कागजपत्र पनि चोरी भएको छ ।

    आज मंगलबार विहान १० बजे विद्यालयमा आउँदा विद्यालयमा चोरी भएको थाहा भएपछि प्रहरी चौकी नुवाकोटलाई जानकारी दिइएको थियो । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी चौकी नुवाकोटले बताएको छ । मुलपाटी

     

    images
    मंगलवार, कार्तिक १५ २०७९०२:१६:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार