सोमवार, मंसिर १२ २०७९
मंसिर, १२ सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयले महिला हिंसा विरुद्ध अभियान सञ्चालन गर्ने भएको छ । सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको हस्ताक्षर अभियान भन्ने मुल नारा सहित बिश्वबिद्धालयले अभियान सुरु गरेको हो।
लेङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत आज हस्ताक्षर अभियान सुरु भएको छ । समाजमा विधमान विभिन्न किसिमका लैंगिक हिंसा विशेष गरी घरेलु महिला हिंसा र कार्यालय तथा क्याम्पस-स्कुलमा हुने लैंगिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यका साथ विश्वविद्यालयले हस्ताक्षर शुरु गरेको बताइएको छ।
मध्यपश्चिम विश्वविद्यालय एक्टिभिजम सेन्टर अगेन्स्ट जेण्डर बेष्ट भ्वाइलेन्स् द्वारा आयोजित कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति एवं अभियानका संरक्षक प्रा. डा. नन्द बहादुर सिंहले केन्द्रीय कार्यालय परिसरमा रहेको हस्ताक्षर ब्यानरमा हस्ताक्षर गरी अभियानको उद्घाटन गरेका थिए ।
हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार, कार्यकारी निर्देशक, उक्त अभियानका संयोजक तथा सदस्य, प्राध्यापक, कर्मचारी लगायतले हस्ताक्षर गरेका थिए ।
कुनै पनि प्रकारको लैंगिक हिंसा हुन नदिन आफु प्रतिवद्ध रहेको साथै समाजमा यस बारे जनचेतना फैलाउने र सबैलाई यस प्रति प्रतिवद्ध पार्ने यस अभियानको प्रमुख उदेश्य रहेको छ भने अभियानको नारा ‘सभ्य समाजको पहिचानः लैंगिक हिंसा विरुद्धको हस्ताक्षर अभियान’ रहेको छ ।
बिश्वबिद्धालयले सामाजिक सचेतना कार्यक्रम, महिला हिंसा विरुद्धको रक्षात्मक कला प्रदर्शन र लैंगिक हिंसा सम्बन्धी समस्या सुन्ने, आवश्यक सहयोग गर्ने तथा अध्ययन अनुसन्धान गर्नका लागि स्थायी एमयू सक्रियता केन्द्र समेत स्थापना गर्ने भएको छ ।
बिश्वबिद्धालयका उपकुलपति नन्द बहादुर सिंहका अनुसार उक्त कार्यक्रम् सञ्चालन गर्नका लागि विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एडुकेसनका उप(प्राध्यापक कल्पना पौडेलको संयोजकत्वमा एक समिति गठन गरेको बताइएको छ।
त्यसैगरी विश्वविद्यालयका उपकुलपतिज्यूको संरक्षत्व तथा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष, रजिष्ट्रार, विश्वविद्यालय सेवा आयोगका सदस्य, डिन, कार्यकारी निर्देशक, परीक्षा व्यवस्थापन कार्यालय प्रमुख, प्राचार्य, विभागीय प्रमुखरसंयोजक, निर्देशक तथा क्याम्पस प्रमुख सल्लाहकारको भूमिकामा रहने उपकुलपति सिंहले बताए ।