बुधवार, मंसिर १४ २०७९
मंसिर, १४ काठमाडौ । पाठ्यक्रम बिकास केन्द्रले मान्यता तथा समकक्षता सम्बन्धी सूचना जारी गरेको छ। यस अनुसार पाठ्यक्रम विकास केन्द्रले पौष १ देखि अनलाइनबाट प्रमाणित भएका विद्यार्थीलाई मात्र समकक्षता दिने भएको हो ।
एक सुचना जारी गर्दै पाठ्यक्रम बिकास केन्द्रले विदेशी शैक्षिक संस्था तथा विभिन्न बोर्डबाट माध्यमिक तह ९ कक्षा १० र १२० उत्तीर्ण गरेका परीक्षार्थीहरूले केन्द्रबाट समकक्षता प्रमाणित गराई समकक्षता पत्र लिनुपर्ने भएमा केन्द्रको वेबसाइट www.moecdc.gov.np वा www.loe.moecdc.gov.np बाट अनलाइन आवेदन दिन सक्ने जनाएको छ।
