Oct 09 2026 | २०८३, आश्विन २३ गते

शैक्षिक उपाधी प्रदान गर्ने अधिकार नभएका तालिम केन्द्र वा संस्थाबाट प्राप्त प्रमाणपत्रको समकक्षता नदिने ।

शैक्षिक उपाधी प्रदान गर्ने अधिकार नभएका तालिम केन्द्र वा संस्थाबाट प्राप्त प्रमाणपत्रको समकक्षता नदिने ।

  • 875
    SHARES

  • शैक्षिक उपाधी प्रदान गर्ने अधिकार नभएका तालिम केन्द्र वा संस्थाबाट प्राप्त प्रमाणपत्रको समकक्षता नदिने ।

    मंसिर, २२ काठमाडौ । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले शैक्षिक उपाधि प्रदान गर्ने अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरुबाट प्राप्त प्रमाणपत्रको समकक्षता नदिने भएको छ।

    केन्द्रले एक सुचना जारी गर्दै फिलिपिन्स लगायत देशका शैक्षिक उपाधि प्रदान गर्ने अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरुबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्रको समक्कक्षता नदिने भएको हो।

    सुचनामा भनिएको छ, 'फिलिपिन्स लगाएत देशका शैक्षिक उपाधी प्रदान गर्ने अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरुबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्रको समकक्षता नदिने मंसिर ९ गते बसेको मान्यता तथा समकक्षता निर्धारण समितिको निर्णयबाट खारेज गरीएको छ।

    यस्ता खालका समकक्षता कतिपय निकायमा पेस भएको भन्ने जानकारी आएकोले केही कसैले उल्लेखित संस्थाबाट प्राप्त प्रमाणपत्रहरुको समकक्षता केन्द्रबाट लिई वा नलिई पेस गरेमा त्यस्ता समकक्षताको कानुनी मान्यता नहुने जनाएको छ ।

    साथै कुनै पनि शैक्षिक तह उत्तीर्ण नगरी सो तहभन्दा माथिल्लो तहमा भर्ना भई उत्तीर्ण गरी समकक्षता माग गरेको खण्डमा समकक्षता प्रदान गर्न नसकिने निर्णय गरीएको समेत केन्द्रले बताएको छ ।

    यस्तो छ सूचना ।

    Screenshot_20221208-073045_Chrome.jpg

    images
    बिहिवार, मंसिर २२ २०७९११:११:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार