शुक्रवार, मंसिर २३ २०७९
मंसिर, २३ काठमाडौ । काठमाडौ कालिमाटी सोल्टिमोड क्षेत्रमा अवस्थित काठमाडौ कलेज अफ सेन्ट्रल स्टेटको स्वागत तथा बिदाई कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। आज शुक्रवार प्रज्ञा भवन कमलादीमा कक्षा १२ का विद्यार्थीहरु द्वारा आयोजित कक्षा ११ र कक्षा १२ पासआउट भएका विद्यार्थीहरुलाई क्रमशः स्वागत र बिदाई भब्य कार्यक्रमका बीचमा सम्पन्न गरेको हो।
कार्यक्रम औपचारिक र अनौपचारिक गरि दुइ खण्डमा गरिएको थियो। औपचारिक कार्यक्रमको सभापति कलेजका +२ संयोजक राजन श्रेष्ठले गर्नुभयो भने औपचारिक कार्यक्रमको सभापति कलेजका अध्यक्ष तथा प्रिन्सिपल मनोज थापामगरले गर्नुभयो ।कार्यक्रममा काठमाडौ क्षेत्र नंम्बर ८ का नव निर्वाचित प्रतिनिधि सभाका सांसद बिराज भक्त श्रेष्ठ प्रमुख अतिथिको रुपमा उपस्थित रहेको थियो र विशेष अतिथी काठमाडौ महानगरका शिक्षा बिभाग प्रमुख राम प्रसाद सुवेदीले गर्नुभएको थियो ।कलेजका अन्य पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रम भब्य र सानदार रूपमा सम्पन्न भएको हो।
पहिलो तथा औपचारिक सत्रमा अतिथिहरुले सारगर्भित मन्तव्यहरु राखेका थिए। मन्तव्यको क्रममा कलेजका अध्यक्ष तथा प्रिन्सिपल मनोज थापामगरले विद्यार्थीहरु देशको भविष्यको मुख्य सुचक भएको भन्दै कठिन मिहेनत गरेर देशमै रोजगार सिर्जना गरि देश बिकास र सुशासनमा योगदान पुर्याउनुपर्ने धारणा ब्यक्त गर्नुभयो। उहाँ कक्षा १२ पढ्ने बित्तिकै बिदेश जान नहुने तर्क गर्दै मिहेनत गरे आफ्नै देशमा कामगर्न सकिने र त्यसैबाट समाजमा आफ्नो योगदान दिन सकिने बताउनु भयो।
उहाँले विद्यार्थीहरुलाई हरेक समयमा गतिशील भएर अघि बढ्न सक्नुपर्छ भन्दै, संकटको परीक्षा धैर्यताले दिन्छ र देशलाई संकट परेको बेला युवाविद्यार्थीहरु निराश नहुनेमा जोड दिनु भयो। त्यसैगरी प्रिन्सिपल थापाले कलेजले Knowledge, Creativity & Discipline मुख्य नारा बनाएको बताउँदै , ज्ञानलाई सिर्जनामा बदल्ने र सिर्जना गरेको कुरालाई अनुसाशित ढंगले लागू गर्नुपर्ने कुरामा जोड दिनु भयो।
एक अर्को प्रसंगमा उहाँले देशलाई Creativity प्रयोग गर्ने नेतृत्वको आवस्यकता छ। योङस्टारहरु नागरिकता फेर्ने ठाउँमा किन पुग्यो ? भन्ने प्रश्न गर्दै आज यो देशको ब्यवस्था र प्रणालीलाई समेत परिवर्तन गर्न सक्ने जनशक्तिको आवश्यकता छ भन्नुभयो । हामिलाई परिवर्तन गर्न सक्ने मान्छे चाहिएको छ, कठिन मिहेनत गरौ, सफलता हासिल गर्न सकिन्छ भन्दै कलेज बाट बिदाई हुने विद्यार्थी आफ्नो भविस्यको लागि कठिन मिहेनत गरेर आफ्नो उदेश्य पूरा गराउन उत्प्रेरित गर्नुभयो।
स्वागत तथा बिदाइ कार्यक्रममा प्रमुख अतिथी बिराज भक्त्त श्रेष्ठले मन्तव्य राख्ने क्रममा बिगतमा पढेर, सिकेर वा जानेर काम गर्ने वातावरण थिएन तर आज कम्तिमा काम गरेर खाने अवस्था भएको छ भन्दै आजको सूचना र प्रबिधिलाई प्रयोग गरि नेटवर्किङलाई ध्यान दिई देशको ब्यबस्थापनको जिम्मा विद्यार्थीहरुले लिनुपर्ने धारणा राख्नुभयो। उहाँले देशमा भएको ब्यतिथि अन्त्य गर्न युवा विद्यार्थीहरु एकजुट भएर लाग्नु पर्ने धारणा राख्नु भयो। उहाँले पास आउट भएर जाने विद्यार्थीहरु कतिजना देशमा रहन्छौ त? भन्ने प्रश्न गर्दै पढाइ सकेर बिदेशिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो।
प्रमुख अतिथि श्रेष्ठले परम्परागत शिक्षा आजको संसारमा काम नगर्ने भन्दै अनुसन्धानमुलक शिक्षा हुनुपर्ने र विद्यार्थीहरु रिसर्चमा लाग्नुपर्ने भन्दै रिसर्चबाट मात्रै सहि र तथ्य पत्ता लगाउन सकिने धारणा राख्नु भयो। उहाँले कक्षा १२ पास भइसकेपछी बल्ल जिवनमा प्रयोग हुने शिक्षाको शुरूवात हुने भन्दै विद्यार्थीहरुको लागि परिवार, समाज र देश चुनौतिको रुपमा रहेको बताउनुभयो।
त्यसैगरी मन्तव्यको क्रमामा काठमाडौ महानगर शिक्षा बिभाग प्रमुख राम प्रसाद सुवेदीले कार्यक्रमलाई स्वागत तथा बिदाइ नभै स्वागत तथा बिश्वबिद्धालय शिक्षाका लागि शुभकामना हुनुपर्ने बताउनुभयो। उहाँले सँस्थागत बिद्यालयहरुले नेपालको शिक्षामा महत्वपुर्ण योगदान पुर्याएको तर राज्यको नियमनकारी भुमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोडदिनु भयो। उहाँले निजि तथा संस्थागत बिद्यालयहरुले बाहिर जाने विद्यार्थी मात्रै उत्पादन गर्यो भन्ने भावनालाई सुल्ट्याउन पर्ने बताउनु भयो।
त्यसैगरी सुवेदीले काठमाडौ महानगर प्रमुख बालेन शाहाले शिक्षालाई नयाँ ढंगले लैजान खोजेको बताउनु भयो। उहाँले अर्को बर्षदेखि शिक्षाको बजेटमा समेत बढोत्तरी गर्ने बताउनुभयो । उहाँले सामुदायिक र संस्थागत बिद्यालयलाई संगसंगै लैजानुपर्ने र त्यसमा सहयोग गर्नुपर्ने बताउनु भयो। उहाँले बोर्डिङ स्कुलहरु च्याउ उम्रेजस्तै भएको भन्ने कुरालाई मापदण्ड नपुर्याएका संस्थागत बिद्यालयहरुलाई बन्द गर्ने बताउनु भयो। सुवेदीले भन्नुभयो, सस्थागत र सामुदायिक बिद्यालयलाई संगसंगै हिडाउनु पर्नेछ।, न्युनतम मापदण्ड पूरा नगर्ने बिध्यालयहरुलाई नियमन गर्नुपर्ने छ। त्यसमा सहयोग गर्न उहाँले अनुरोध समेत गर्नुभयो । उहाँले सामुदायिक तर्फ र एसईइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लाई एक लाख रुपिया र नेपालको झन्डा उपलब्ध गराउने समेत बताउनुभयो।
स्वागत तथा बिदाई कार्यक्रममा काठमाडौ कलेज अफ सेन्ट्रक स्टेटले कक्षा ११ र १२ को नतिजामा टप GPA राम्रो नतिजा ल्याउने ब्यबस्थापन, बिज्ञान, ल, मानविकी संकायका ४ /४ जना विद्यार्थीहरुलाई पदक र प्रमाणपत्र सहित सम्मान गरेको छ। कलेजले उत्कृष्ट दुइजना शिक्षकलाई प्रमाणपत्र सहित सम्मान गरेको हो।
स्वागत तथा बिदाइ कार्यक्रमको दोश्रो सत्रमा विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुले आफ्नो कला र साँस्कृतिक नृत्य तथा गायनबाट आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए।