Oct 02 2026 | २०८३, आश्विन १६ गते

एभरेस्ट इनोभेटिभ कलेजको स्वागत कार्यक्रम सम्पन्न ।

एभरेस्ट इनोभेटिभ कलेजको स्वागत कार्यक्रम सम्पन्न ।

  • 1.8K
    SHARES

  • एभरेस्ट इनोभेटिभ कलेजको स्वागत कार्यक्रम सम्पन्न ।

    पौष, १ काठमाडौ । काठमाडौको सोल्टिमोडमा अवस्थित एभरेस्ट इनोभेटिभ कलेज इआइसी / EIC (Everest Innovative College) को स्वागत कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ। आज बिहिवार प्रज्ञा भवन कमलादीमा कक्षा १२ का विद्यार्थीहरुद्वारा आयोजित कक्षा ११ का विद्यार्थीहरुलाई गरिएको स्वागत भब्य कार्यक्रमका बीच सम्पन्न गरेको हो।20221215_122831.jpg

    कार्यक्रम औपचारिक र अनौपचारिक गरि दुई खण्डमा गरिएको थियो। औपचारिक कार्यक्रमको संचालन कलेजका ब्यबस्थापन समुहको कोर्डिनेटर गोपाल दुलालले गर्नुभयो भने, कलेजका अध्यक्ष शंकर दुलाल स्वागत कार्यक्रमको सभापतिको रुपमा रहनुभयो। कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्डका काठमाडौ जिल्ला प्रमुख जयन्ती सत्याल प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भयो। विशेष अतिथी कलेजका अभिभावक शिक्षा सेवी रमेश रुपाखेती लगाएत कलेजका सिइओ हरिप्रसाद काफ्ले, प्रशासन प्रमुख रामप्रसाद पौडेल, प्रिन्सिपल दिपक कुमार झा लगाएत अन्य पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।20221215_121826.jpg

    औपचारिक कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुले प्रतिनिधीमुलक स्वागत मन्तव्य राखेका थिए। उनिहरुले EIC मा अध्यायन गर्न पाउँदा खुसी ब्यक्त गरेका थिए भने । त्यस्तै कार्यक्रमामा कलेजका तर्फबाट (बिज्ञान कोर्डिनेटर) सुदर्शन श्रेष्ठले यस्तो किसिमको कार्यक्रमहरुले विद्यार्थीहरुको अन्तर्निहित प्रतिभालाई उजागर गर्न सहयोग पुर्‍याउने धारणा व्यक्त गर्नुभयो। मन्तव्यकै क्रममा ब्याचलर कार्यक्रमका कोर्डिनेटर किसोर काफ्लेले विद्यार्थीहरुले पढाई प्रतिको अभिरुचि बढाउनु पर्ने पढेर मात्रै सफलता हाँसिल गर्न सक्ने बताउनुभयो।

    स्वागत कार्यक्रममा कलेज स्थापनाकालका प्रमुख तथा पुर्व संस्थापक बिष्णु प्रसाद पाण्डेले बिद्यालय र कलेजलाइ यो अवस्थामा पुर्‍याउने हालका संचालक, शिक्षक कर्मचारीहरु लाई धन्यवाद दिदै विद्यार्थीहरुको आफ्नै लगनसिलताले थप उचाइ हाँसिल गर्न सकिने धारणा ब्यक्त गर्नुभयो।

    कार्यक्रममा अभिभावक तथा शिक्षा सेवी रमेस रुपाखेतिले एभरेस्ट इनोभेटिभ स्कुल तथा कलेजको ब्यबस्थापन र शैक्षिक गतिबिधी अत्यन्तै बैज्ञानिक, ब्यबाहारिर र सर्भसुलभ भएको बताउनु भयो। कमजोर आर्थिक हैसियत भएका विद्यार्थीलाई सहुलिएत शुल्क र तिर्नै नसक्ने अवस्था भए नि:शुल्क अध्यापन गराउने कलेज उदाहरणिय भएको बताउनु भयो। त्यसैगरी उहाँले कलेजलाई केही नयाँ बिषय थप गर्नुपर्ने र प्री मेडिकल कोर्स संचालन गर्न सुझाव समेत दिनुभयो।

    स्वागत कार्यक्रममा कलेजका प्रशासन प्रमुख: रामप्रसाद पौडेलले विद्यार्थीहरुले अरुको भनाइ सुन्ने बानिको बिकास गर्नुपर्ने कुरामा इङ्गित गर्दै नीति, बिधि र अनुशासनका कुरा गर्दा ध्यान दिएर सुन्नुपर्ने बताउनु भयो। उहाँले नियमित Assemble को समयमा विद्यार्थीहरुलाई अनुशासन, चरित्र निर्माण, कर्तव्य र जिम्मेवारीका कुराहरु गरेका छौ, यसले विद्यार्थीहरुमा सकारात्मक प्रभाव परेको बताउनुभयो। त्यसैगरी पौडेलले स्कुल र कलेज गरि १६ / १७ सय विद्यार्थीहरु भएकोमा झन्डै ६०% भन्दा बढी विद्यार्थीहरुका अभिभावकहरु संग नियमित प्रत्यक्ष सम्पर्कमा रहने र अरु संग अपर्तक्ष रुपमा सम्पर्कमा रहि विद्यार्थीहरुको बारे अभिभावक संग समेत जानकारी लिने गरेको बताउनुभयो।20221215_114453.jpg

    त्यस्तै उहाँले कलेजले बाहिर प्रचारका लागि बिज्ञापन नगरेको र बरु क्वालिटिमा बिश्वास गर्ने भएको ले आफ्नो ध्यान त्यतातिर बढी भएको बताउनु भयो। पौडेलले हामी विद्यार्थीहरुलाई अबिभावककत्व पनि प्रदान गरेको र २५-३० जना विद्यार्थीहरुलाइ उनिहरुको अवस्था हेरेर नि:शुल्क अध्यापन गराइरहेका जानकारी दिनुभयो।

    मन्तव्यकै क्रममा कलेजका सिइओ हरिप्रसाद काफ्लेले विद्यार्थीहरुलाइ नयाँ युगका ताराको रुपमा प्रतिबिम्बन गर्मुभयो। उहाँले कलेजको एकेडमिक पक्षलाइ ध्यानमा राखेर एकेडमिक डेलिभरिलाइ प्रमुख उदेश्य बनाएको बताउनुभयो। उहाँले बिद्यालय तथा कलेजले पढाइसुरु हुनुपुर्व एकेडमिक क्यालेन्डरको निर्माण गर्ने गरेको बताउनु भयो। त्यसैगरी उहाँले मुल्यांकन प्रणालिलाई आन्तरिक र बाह्य गरि दुइटा विधिबाट गर्ने गरेको जानकारी दिनुभयो। त्यस्तै आन्तरिक मुल्यांकन अनुसार विद्यार्थीहरुको नियमित उपस्थिती, अनुशासन, अतिरिक्त क्रियाकलाप लगाएत कुराहरुमा जोड दिने गरेको बताउनुभयो। उहाँले एभरेस्ट इनोभेटिभ कलेजलाई देशकै एकेडमी हब बनाउने उदेश्य भएकोले गुणस्तरमा कुनैपनी सम्झौता नगर्ने बताउनुभयो।20221215_115121.jpg

    स्वागत कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय परिक्षा बोर्ड काठमाडौ प्रमुख जयन्ती सत्यालले देश बिकासको निम्ति शिक्षा पुर्वाधारको पनि पुर्वाधार भएको र यसको सुधार गरेमात्रै देशाका युवाहरु भविष्यमा उन्नतिहुने धारणा राख्नु भयो। उहाँले यस्ता कार्यक्रमले अन्तर्निहित प्रतिभाको प्रस्फुटन हुने जसले विद्यार्थीहरुमा भएको उर्जालाइ थप बल पुर्य्याउन सघाउ पुर्‍याउने बिश्वास व्यक्त गर्नुभयो । उहाँले अध्यायन गर्ने समयमा विद्यार्थीहरु निरन्तर लगनशिल भएर लाग्नुपर्छ भन्दै हरेक दिन परिक्षाको रुपमा लिनुपर्ने र हरेक दिन परिक्षाको तयारी गर्नुपर्ने धराणा राख्नुभयो। उहाँले तीन घन्टे परीक्षा मुल्यांकनले मात्रै पुग्दैन । त्यो मात्रै मानिसको क्षमता होइन मुल्यांकन प्रणालिमा सुधार ल्याउनु पर्ने बताउनुभयो।

    एक अर्को सन्दर्भमा सत्यालले राष्ट्रको नीतिमा भएको कमि कमजोरिलाइ औल्याउन शिक्षण संथाको भुमिका रहने समेत बताउनु भयो। राष्ट्रिय परीक्षा बोर्डले गर्नु पर्ने सहयोग केही छ भने त्यो गर्न तयार छौ, उहाँले भन्नुभयो।20221215_120813.jpg

    स्वागत कार्यक्रममा एभरेस्ट इनोभेटिभ कलेज (EIC) मा अध्यायन गरि राम्रो नतिजा हाँसिल गर्ने (इआइसियन) कक्षा ११ का बिज्ञान संकायका कलेज टपर सिर्जन कार्की (३.६३ ) र ब्य्बस्थापन संकायका शृस्ठी जैसवाल (३.९१) लाई मेलडले सम्मान गरेको थियो। त्यसैगरी कक्षा १२ तर्फ बिज्ञान संकायका बोर्ड टपर प्रशुन गोपाली (३.६६) र ब्यबस्थापन संकायका बोर्ड टपर निरज गमाल (३.७७) लाई मेडल प्रदान गरेको थियो। स्वागत कार्यक्रममा बोलाइएका अतिथिहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान गरेको थियो।20221215_121733.jpg

    औपचारिक कार्यक्रमको अन्त्यमा सभापति तथा कलेजका अध्यक्ष संकर प्रसाद दुलालले सामुहिकताको भावना सहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो सिर्जनसिलता प्रयोग गरेर आफुलाइ अनुसन्धानमुखी बनाउने र त्यसमा कलेजले भरपुर सहयोग गगर्ने भन्दै कार्यक्रममो अन्त्य गर्नुभयो।

    स्वागत कार्यक्रमको दोस्रो सत्र अर्थात अनौपचारिक कार्यक्रम अर्थात दोश्रो सत्रमा कलेजमा अध्यायनरत विद्यार्थीहरुको आयोजना गरिएका विभिन्न सांस्कृतिक नृत्य, गायन तथा प्रहसन कार्यक्रमहरु रहेका थिए।

    20221215_134611.jpg20221215_152150.jpg20221215_141732.jpg20221215_161141.jpg

    images
    शुक्रवार, पौष १ २०७९०९:२५:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार