बुधवार, पौष ६ २०७९
मंसिर, ६ काठमाडौ । त्रिभुवन बिश्वबिद्धालयले शैक्षिक बर्ष २०७९/८० को लागि स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम शुरु गरेको छ। बिश्वबिद्धालयले मानविकी तथा सामाजिक शात्र संकाय, ब्यबस्थापन संकाय, शिक्षा शात्र संकाय र बिज्ञान तथा प्रबिधि अध्यायन संस्थानमा नयाँ विद्यार्थी भर्नाका लागि कार्यक्रम शुरु गरेको हो।
भर्ना कार्यक्रमका लागि आवेदन फारम बुझाउन मिति २०७९ पौष ५ देखि माघ ४ गते सम्म तोकिएको छ। माघ २२ गते देखि कक्षा संचालन गरे जनाइएको छ।
प्रवेश परिक्षा तथा भर्ना सम्बन्धी अन्य जानकारिका लागि बिश्वबिद्धालय सम्बन्धित डिनको कार्यलयमा सम्पर्क गर्न सकिने सुचनामा उल्लेख गरिएको छ।
