Oct 09 2026 | २०८३, आश्विन २३ गते

स्ववियु निर्वाचन चैत ५ मा गर्न सिफारिस । (सूचना सहित)

स्ववियु निर्वाचन चैत ५ मा गर्न सिफारिस । (सूचना सहित)

  • 955
    SHARES

  • स्ववियु निर्वाचन चैत ५ मा गर्न सिफारिस । (सूचना सहित)

    पौष, २९ काठमाडौ । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति २०७९ चैत ५ गते गर्न त्रिवि कार्यकारी परिषदलाई सिफारिस गरेको छ।

    बिश्वबिद्धालय सुचना तथा जनसम्पर्क महाशाकाले एक सुचना जारी गर्दै कार्यकारी परिषदको २०७९ पौष २२ गते बिहिवार बसेको बैठकले स्वतन्त्र निर्वाचनक आगामि चैत ५ गते गर्नको लागि त्रिवि कार्यकारी परिषदलाई सिफारिस गरेको हो।

    कार्यकारी परिषदको २०७९ पौष २२ गते बसेको बैठकको निर्णय नम्बर १७६५ अनुसार त्रिभुवन बिश्वबिद्धालयको आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा मिति २०७९/१२/५ गते स्ववियु निर्वाचन हुने भएकोले पुर्व तयारी गर्न गराउन सम्बन्धित सम्पुर्ण क्याम्पसहरुको लागि सूचना प्रकाशित गरिएको सूचनामा उल्लेख गरिएको छ।

    शिक्षाध्यक्षको अध्यक्षतामा रहेको विद्यार्थी कल्याण परिषद्को सिफारिसमा त्रिविको कार्यकारी परिषद्ले निर्वाचनको निर्णय गर्ने व्यवस्था छ। परिषदमा ९ वटै संस्थान र संकायका डिन सदस्य रहने व्यवस्था छ ।

    बिगत लामो समय देखि हुन नसकेको स्वबियु निर्वाचन यस पटक देखि उमेर हद लगाएर हुन थालेको छ। यस्तो प्राबधान हुदा स्वबियुमा २८ बर्ष भन्दा माथी उमेर समुहका विद्यार्थी हरु उमेदवार हुन पाउने छैनन।

    यस्तो छ सूचना ।FB_IMG_1673578387090.jpg

    images
    शुक्रवार, पौष २९ २०७९०८:५७:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार