Aug 13 2026 | २०८३, श्रावण २८ गते

एसईई २०७९ को नतिजा सुधारका लागि महानगरले विज्ञ र शिक्षण सहजकर्ता परिचालन गर्ने । (सूचना सहित)

एसईई २०७९ को नतिजा सुधारका लागि महानगरले विज्ञ र शिक्षण सहजकर्ता परिचालन गर्ने । (सूचना सहित)

  • 599
    SHARES

  • एसईई २०७९ को नतिजा सुधारका लागि महानगरले विज्ञ र शिक्षण सहजकर्ता परिचालन गर्ने । (सूचना सहित)

    माघ, ४ काठमाडौ । काठमाडौं महानगरपालिले एसईई नतिजा सुधारकालागी अनुभवी बिज्ञ र शिक्षण सहजकर्ता परिचालन गर्ने भएको छ। महानगर शिक्षा बिभागले आज एक सुचना जारी गर्दै आफ्नो मातहतका सञ्चालित सामुदायिक विद्यालयहरुको शैक्षिक सत्र २०७९ मा एसईई नतिजा सुधार गर्ने उदेश्यले अनुभवि बिज्ञ र शिक्षण सहजकर्ता परिचालन गर्न भएको जनाएको हो।

    शैक्षिक सत्र २०७९ मा एसईई परीक्षामा सहभागि हुने विद्यार्थीहरुको सिकाइमा सहयोग तथा सहजिकरण गर्न महानगरले २५ जना शिक्षण सहजकर्ता र १२० जना शिक्षण सहयोगीका लागि आवेदन माग समेत गरेको छ ।

    उक्त सुचना अनुसार विभागले २ महिनाका लागि गणित, विज्ञान,अङ्ग्रेजी, सामाजिक र नेपाली विषयका पाँच–पाँच जना सहजकर्ता साथै शिक्षण सहयोगीको लागि गणित र विज्ञान विषयको ६०–६० जना माग गरेको छ ।

    महानगर शिक्षा बिब्गागले जारी गरेको सुचना अनुसार शिक्षण सहजकर्ताको लागि विश्वविद्यालयका प्राध्यापक, मावि शिक्षक वा अधिकृतस्तरबाट अनिवार्य अवकाश भएका सम्बन्धित विषयका विज्ञ वा विभिन्न संघ संस्थामा कार्य गरेका कम्तिमा १० वर्ष अनुभव भएका सम्बन्धित विषयका विज्ञ व्यक्तिहरुले आवेदन दिन सक्ने छन भने, शिक्षण सहयोगीका लागि सम्बन्धित बिषयमा स्नातक गरि भएको र कम्तिमा २ बर्ष शिक्षण अनुभव भएका हुनुपर्ने छ।

    यसको लागि सूचना जारी भएको सातदिनभित्र 1.Academic Facilitator

    https://docs.google.com/forms/d/e/1FAIpQLSdsejfLjgE3wA8vfZsQ2OOpqUxaRZYKPg0bn2Za97rhgBL2ng/viewform

    2.Teaching Assistant

    https://docs.google.com/forms/d/e/1FAIpQLSfWlGDjYEjr_ijasOHniR4lvYZhi1trv5LRBJJ5EhqTntmovg/viewform लिङ्क मा गएर आवेदन दिन सक्नेछन् ।

    FB_IMG_1674049993864.jpg

    images
    बुधवार, माघ ४ २०७९१०:११:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार