शनिवार, माघ २८ २०७९
माघ, २९ काठमाडौँ – एनआइसी एकेडेमीमा गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरिएको छ । काठमाडौँको नागार्जनु-२ सानोभर्याङमा रहेको उक्त एकेडेमीमा शनिबार एनआइसी आइडल - २०७९ (NIC IDAL - 2079) प्रतियोगिता सम्पन्न गरिएको हो ।
आइडल प्रतियोगिता कार्यक्रम बिद्यालय कोर्डिनेटर गणेश बन्जाराले संचालन गर्नुभयो। कार्यक्रममा एकेडेमीका अध्यक्ष युवराज अधिकारी, प्राचार्य सुगन्ध राज रेग्मी तथा नागार्जुन नगरपालिका वडा नं. २ का सदस्य चन्द्रिका बि के लगाएतको उपस्थिति रहेको थियो। त्यसैगरी प्रतियोगितामा निर्णायक मण्डलको भुमिकामा गायक लेखु सहयात्री र निमिसा घिमिरे (रनर अफ छमछमी) रहेका थिए ।
हरेक बर्ष गरिदै आएको एनआइसी आइडल कार्यक्रममा ४ देखि ९ कक्षा सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा बिद्यालयबाट छानोट भएका मध्ये गायनमा १० जना र नृत्यमा १० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो।
उक्त प्रतियोगितामा नृत्य तर्फ आज्ञा बस्नेत प्रथम, बिबिशा गुरुङ द्वितीय र प्रकृति सापकोटाले तृतीय स्थान हात पारेका थिए । त्यस्तै नृत्यतर्फ आश्रेया खड्की प्रथम, सायुस्मा पन्त द्वितीय र समृद्धि श्रेष्ठले तृतीय स्थान हासिल गरेका थिए ।
एनआइसी आइडल - २०७९ मा प्रथम पुरस्कार ५ हजार नगद, द्वितीय पुरस्कार ३ हजार नगद र तृतीय पुरस्कार २ हजार नगद सहित मेडल र प्रमाणपत्र बितरण गरिएको हो।
एनआइसी एकेडेमीले विद्यार्थीहरुको सर्बांगिण बिकासको लागि पढाइका साथसाथै अतिरिक्त क्रियाकलापहरुलाई बिशेष जोड दिने गरेको छ।
कार्यक्रममा बोल्दै एनआइसी एकेडेमीका प्रिन्सिपल सुगन्ध राज रेग्मीले हरेक बर्ष गरिने यस्तो ट्यालेन्ट प्रतियोगिताले विद्यार्थीहरूको सर्बांगिण बिकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो। यसअघि एनआइसी एकेडमीले बिज्ञान प्रदर्शनी समेत गरेको थियो।
कार्यक्रममा बोल्दै एनआइसी एकेडेमीका प्रिन्सिपल सुगन्धराज रेग्मीले हरेक बर्ष गरिने ट्यालेन्ट प्रतियोगिताहरुले विद्यार्थीहरूको सर्बांगिण बिकासको लागि यस्तो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो। यसअघि एनआइसी एकेडमिले बिज्ञान प्रदर्शनी समेत गरेको थियो।
त्यसैगरी एकेडमिले स्कुल लेभल अवाकस प्रतियोगिता सम्पन्न गरेको छ। अवाकसले बालबालिकाको ध्यान केन्द्रित गर्दै यस प्रणालीबाट छिटो छरितो तरिकाले गणितीय समस्या समाधान गर्न सकिने बताइएको छ।
कक्षा ४ र ५ का विद्यार्थी सहभागी उक्त प्रतियोगितामा छानिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा सहभागी हुन पाउने बताइएको छ। एकेडेमीले उक्त विषयलाई यहि बर्षदेखि बैकल्पिक विषयका रुपमा पठनपाठन गराउँदै आएको छ ।
विद्यार्थीहरू पछिल्लो समय इलेक्ट्रोनिक ग्याजेटमा बढी लाग्ने भएको हुँदा यो अवाकस प्रणालीले उनीहरुको ध्यान केन्द्रित गर्न सहयोग पुग्ने भएकाले बर्षदेखि बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएको एनआइसी एकेडेमीका प्रिन्सिपल सुगन्धराज रेग्मीले बताउनु भयो।
शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको बताइएको छ।
विश्वमा २ हजार बर्ष पहिले नै यसको प्रयोग गरिएको पाइए पनि नेपालमा बालविकास एनसीमास (NCMAS) ले १८ वर्षदेखि गर्दै आएको छ । धेरै जसो विद्यालयहरुले यस अवाकस प्रणालीलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आइएका छन्।





