Aug 13 2026 | २०८३, श्रावण २८ गते

स्ववियु निर्वाचन स्थगित ।

स्ववियु निर्वाचन स्थगित ।

  • 440
    SHARES

  • स्ववियु निर्वाचन स्थगित ।

    फागुन, २९ काठमाडौ । सुदूरपश्चिम बिश्वबिद्धालयले स्ववियु निर्वाचन स्थगित गरेको छ। बिश्वबिद्धालय केन्द्रिय क्याम्पसले एक सूचना जारी गर्दै विद्यार्थी संगठनहरुले निर्वाचन कार्यलयमा तालाबन्दी गरेको कारण देखाउदै स्ववियु निर्वाचन स्थगित गरेको हो।

    त्रिभुवन बिश्वबिद्धालयले घोषणा गरेको उक्त निर्वाचन संगसंगै सुदूरपश्चिम बिश्वबिद्धालयमा समेत चैत ८ गते संचालन हुदैछ।  अन्तिम मददाता नामावली प्रकाशित गर्नुपुर्व देशैभरी कैयौं क्याम्पस कलेजहरुमा निर्वाचन स्थगित भई सकेको छ। यसअघि पोखराको पृथ्वीनारायण क्याम्पस, ललितपुरको ओआटम संयुक्त क्याम्पस, काठमाडौको आर आर क्याम्पस लगाएतमा निर्वाचन स्थगित भैसकेको छ।

    स्वतन्त्र विद्यार्थी युनियन को निर्वाचनको कारण हिजो आज बिश्वबिद्धालय, क्याम्पस र कलेजहरु विद्यार्थीहरुको चुनावी गतिविधिले गर्दा तातेका छन। केही कलेज हरु विद्यार्थीहरुको बिबाद र उच्छृङ्खल गतिविधिले असान्त समेत बनेका छन। यसअघि आरआर क्याम्पसमा विद्यार्थीले धरिलो हतियार बोकेर कलेजमा हिड्दैगरेको अवस्थामा विद्यार्थी हरु आफैले बरामद गर्दै निज विद्यार्थीलाई प्रहरी समक्ष बुझाइ दिएका थिए।

    FB_IMG_1678669073709.jpg

    images

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार