Oct 02 2026 | २०८३, आश्विन १६ गते

आजबाट नयाँ शैक्षिकसत्र शुरु, समयमै पुगे पाठ्यपुस्तक ।

आजबाट नयाँ शैक्षिकसत्र शुरु, समयमै पुगे पाठ्यपुस्तक ।

  • 540
    SHARES

  • आजबाट नयाँ शैक्षिकसत्र शुरु, समयमै पुगे पाठ्यपुस्तक ।

    बैशाख ३ काठमाडौ । आजबाट नयाँ शैक्षिकसत्र शुरु भएको छ। यसअघि शिक्षा मानव श्रोत तथा बिकास केद्रले घोषणा गरे अनुरुप नयाँ शैक्षिकसत्र २०८० शुरु भएको हो।

    यस बर्ष ''समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा, सबैको अभियान " भन्ने मुल नाराको नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना अभियान शुरु गरिएको छ। एकजना बालबालिका समेत बाहिर नरहने गरि विद्यार्थी भर्ना गर्न केन्द्रले यसअघि नै निर्देशन दिसकेको छ।

    त्यसैगरि इतिहासकै पहिलो पटक भर्ना संगसंगै विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पुग्नेगरि ब्यबस्था मिलाएको छ। केन्द्रका अनुसार देशैभरी पाठ्यपुस्तक पुगिसकेको छ।

    स्रोतका आनुसार जुम्लाको त्यसैगरी जुम्ला जिल्लाको कूल एक सय ८४ सामुदायिक विद्यालय मध्य अधिकांस बिध्यालयमा पाठ्यपुस्तक पुगिसकेको बताइएको छ। जिल्लाको सिंन्जा, गाउँपालिकामा रहेको मालिका माध्यमिक विद्यालयका विद्यार्थीहरु समयमै किताब पाए पछी खुसी भएका छन। त्यसैगरी हिमा, तातोपानी गाउपालिकामा समेत पाठ्यपुस्तक पुगिसकेको स्रोतले जनाएको छ।FB_IMG_1681633959320.jpg

    त्यसैगरी हुम्ला जिल्लाको चार वटा गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको छ्न् । जिल्लाको दक्षिण भेगमा रहेका सर्केगाड, चङ्खेली, ताँजकोट र अदानचुली गाउँपालिकामा पाँच दिनअगाडि नै पाठ्यपुस्तक पुगिसकेको छ ।

    ताँजकोटका १८ र अदानचुली गाउँपालिका २१ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुर्याउने जिम्मा लिएका लोकेन्द्र भण्डारीले केही दिनअगाडि सबै विद्यालयमा पुस्तक पुगिसकेको जानकारी दिए । त्यस्तै सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा तीन दिनअगाडि नै पुस्तक पुगिसकेको ढुवानीकर्ता मानदेव शाहीले बताए ।

    त्यसैगरी हिमाली जिल्ला ताप्लेजुङ, दार्चुला, कालिकोट, बझाङ, बाजुरा, सोलुखुम्बु, रामेछाप, दोलखा लगाएत दुर्गम जिल्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेका बताइएको छ। पहिले परीक्षा सुरु हुनेबेलासम्म किताब नपुग्दा समस्या हुने गरेकाे थियाे । तर याे वर्ष समयमा नै पुस्तक पुगेपछि यहाँका विद्यार्थी, शिक्षक तथा अभिभावकमा खुसी छाएकाे छ ।

    जनक शिक्षा सामाग्री केन्द्रले सानोठिमीस्थित केन्द्रीय कार्यालयका साथै उपत्यकाबाहिरका आठवटा डिपोबाट पाठ्यपुस्तक वितरण गरिरहेको छ । सानोठिमीको डिपोबाट उपत्यकाका तीनसहित दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका लागि पाठ्यपुस्तक वितरण गर्ने गरिएको छ ।

    मुलुकभर पाठ्यपुस्तक वितरण गर्न केन्द्रले एक हजार २६७ वटा स्थानीय बिक्रेता तोकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब पाँच महिनाअघि सबै स्थानीय तहलाई विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरिसकेको छ ।

     

    images
    आइतवार, बैशाख ३ २०८००३:४६:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार