Oct 03 2026 | २०८३, आश्विन १७ गते

कुल विद्यार्थीको १०% छात्रवृत्ति नघटाइ दिन बालेनको निर्देशन।

कुल विद्यार्थीको १०% छात्रवृत्ति नघटाइ दिन बालेनको निर्देशन।

  • 483
    SHARES

  • कुल विद्यार्थीको १०% छात्रवृत्ति नघटाइ दिन बालेनको निर्देशन।

    काठमाडौ महानगरका मेयर बालेन शाहाले कुल विद्यार्थीको १०% छात्रवृत्ति नघटाइ दिन बालेनको निर्देशन। शाहले निजि बिद्यालयहरुले काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधान अनुसार छात्रवृत्ति दिन निर्देशन दिएको हो।

    बालेन शाहले सामाजिक संजाल फेसबुकमा निजि बिद्यालयले छात्रवृत्ति उपलब्ध गराउने सम्बन्धमा एक पोस्ट गर्दै लेखेका छन, निजी तथा संस्थागत विध्यालयहरुले उपलब्ध गराउने छात्रवृत्ति अन्तर्गत प्रत्येक कक्षामा प्रथम र द्वित्तीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्ने तथा विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम रहेको स्मरण गराउदै नयाँ शैक्षिकसत्र सुरु हुँदै गरेको परिपेक्षमा काठमाण्डौ महानगरपालिकाभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरुले उपलब्ध गराउनु पर्ने छात्रवृति नियमसंगतरुपमा उपलब्ध गराउन हुन ध्यानाकर्षण गराउँदछौँ ।"

    त्यसैगरि शाहले छात्रवृत्ति सम्बन्धित सम्पुर्ण जानकारी विद्यालयको वेबसाईट तथा सुचनापाटिमा टाँस गरि अभिभावक र विद्यार्थीलाई सुचित गराउन अनुरोध समेत गरेको छ। मेयर शाहले यदि नियमको ओआलना नगरे कानुन बमोजिम कार्बाही गर्न बध्य हुने बताएका छन।

    यस्तो छ काठमाडौ महानगरपालिका मेयर बालेन को फेसबूक स्टाटस। Screenshot_20230422-085415_Facebook.jpg

    निजि बिद्यालयले छात्रवृत्ति उपलब्ध गराउने सम्बन्धमा 

    काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधान अनुसार निजी तथा संस्थागत विध्यालयहरुले उपलब्ध गराउने छात्रवृत्ति अन्तर्गत प्रत्येक कक्षामा प्रथम र द्वित्तीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्ने तथा विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम रहेको स्मरण गराउदै नयाँ शैक्षिकसत्र सुरु हुँदै गरेको परिपेक्षमा काठमाण्डौ महानगरपालिकाभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरुले उपलब्ध गराउनु पर्ने छात्रवृति नियमसंगतरुपमा उपलब्ध गराउन हुन ध्यानाकर्षण गराउँदछौँ ।

    साथै छात्रवृत्ति सम्बन्धित सम्पुर्ण जानकारी विद्यालयको वेबसाईट तथा सुचनापाटिमा टाँस गरि अभिभावक र बिर्ध्यार्थी हरुलाई सुचित गराउन अनुरोध गरिन्छ । अ:त नियमको पालना गर्न, गराउन पहल गर्न सम्बन्धित विद्यालय,अभिभावक तथा सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिन्छ । अन्यथा कानुन बमोजिम कारवाही अगाडि बढाउन महानगर बाध्य हुनेछ ।

     

    images
    शनिवार, बैशाख ९ २०८००८:५९:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार