Oct 03 2026 | २०८३, आश्विन १७ गते

विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी (बिज्ञप्ति सहित)

विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी (बिज्ञप्ति सहित)

  • 443
    SHARES

  • विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी (बिज्ञप्ति सहित)

    काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार महानगर शिक्षा बिभागले एक सूचना जारी गर्दै महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको कार्यक्रम गरे कारबाही गर्ने जनाएको चेतावनी दिएको हो।

    काठमाडौ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘कुनैपनि राजनैतिक दल र यसका भातृ संस्थाहरुका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ । अनुगमनका क्रममा यस प्रकारका कार्यक्रम संचालन गरेको भेटिएमा वा प्रमाण पुगेमा प्रधानाध्यापकलाई विभागीय कार्यवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’

    सूचनामा महानगरका केही विद्यालयमा प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल र त्यसका भातृ संगठनका कार्यक्रमहरु सञ्चालन गरेको सप्रमाण उजूरी प्राप्त भएको भन्दै ध्यानाकर्षण भएको समेत जनाएको छ ।

     

    Screenshot_20230426-205133_Facebook.jpg

    images
    बुधवार, बैशाख १३ २०८००९:०२:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार