बिहिवार, बैशाख १४ २०८०
बैशाख, १४ गते । काठमाडौं महानगरपालिकाको शिक्षा बिभागमा अखिल (क्रान्तिकारी) ले अनिश्चितकालीन तालाबन्दी गरेको छ । बिद्यालयमा राजनीतिक तथा भातृ संगठनका कार्यक्रम गर्न नपाउने गरि काठमाडौ महानगरले गरेको निर्णय विरुद्ध तालाबन्दी गरेको हो।
विद्यार्थीका काठमाडौं जिल्ला संयोजक मिम बहादुर ऐडीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा २०७९ पौष १९ र २०८० वैशाख १३ गते काठमाडौं महानगरपालिकाको शिक्षा बिभागले प्रेसित निर्देशन पत्र प्रति संगठनको गम्भीर आपत्ति रहेको भन्दै अनिश्चितकालिन तालाबन्दी गरिएको बताइएको छ । 'शैक्षिक माफियाको निर्देशनमा नेपालका विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनका विरुद्ध बालेन सरकार जसरी आएको छ, त्यसको हाम्रो संगठन प्रतिवाद गर्न चाहान्छ विज्ञप्तिमा उल्लेख छ ।'
विगतमा पनि पटक पटक महानगरपालिकालाई मौखिक र लिखित रुपमा शैक्षिक बिकृती र शैक्षिक रुपान्तरणका विषय सहित माग पत्र पेस गरेको स्मरण गराउदैं विगतमा पेश गरिएका मागपत्रको छलफल र बहसबाट हल गर्नुको सट्टा उल्टै शैक्षिक माफीयाहरुसंग मिलेर विद्यार्थी संगठनहरु बिरुद्ध आउनु घोर आपत्तिजन भएको बिज्ञप्तिमा बताइएको छ ।
क्रान्तिकारीले भर्नाको नाममा लाखौं शुल्क अवैधानिक तरिकाले असुली गरिरहेको भएपनी काठमाडौं महानगर कानमा तेल हालेर बसेको आरोप लगाउदैं बिगतमा संगठनले बुझाएको मागहरु प्रति गम्भीर बन्दै महानगरले गरेको गलत निर्णय नसच्याए सम्म हाम्रो तालाबन्दी जारी रहने बताएको छ ।
यद्यपि विद्यालयमा राजनीतिक कार्यक्रम नगर्नु' भन्ने निर्देशनको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले काठमाडौं महानगरको शिक्षा विभागमा लगाएको ताला महानगर प्रहरीले फोर्ने तयारी गरेको बुझिएको छ।
