Oct 03 2026 | २०८३, आश्विन १७ गते

छात्रवृत्तिको विवरण पठाउन संस्थागत बिद्यालयहरुलाई महानगरको निर्देशन।

छात्रवृत्तिको विवरण पठाउन संस्थागत बिद्यालयहरुलाई महानगरको निर्देशन।

  • 622
    SHARES

  • छात्रवृत्तिको विवरण पठाउन संस्थागत बिद्यालयहरुलाई महानगरको निर्देशन।

    जेठ, १० काठमाडौ । काठमाडौ महानगरपालिकाले छात्रवृत्तिको विवरण पठाउन संस्थागत बिद्यालयहरुलाई निर्देशन दिएको छ। गोरखापत्रमा एक सुचना जारी गर्दै महानगर शिक्षा बिभागले यस्तो निर्देशन दिएको हो।

    संस्थागत बिद्यालयहरुले विद्यार्थीलाई उपलब्ध गराउने सम्बन्धमा बिभागको मिति २०८० बैशाख २४ गतेको पत्रको आधारमा शैक्षिकसत्र २०८० का लागी १० कक्षासम्म का विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरिएको बिवरण पठाउन महानगरले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।

    काठमाडौ महानगरको बिद्यालय शिक्षा ब्यबस्थापन नियमावली २०७४ को नियम ५८ बमोजिमको १०% विद्यार्थीलाई बितरण गरिएको विद्यार्थीको नामावली बिद्यालयको वेबसाईट मार्फत प्रकाशन गर्नुपर्ने उल्लेख गरेको छ। साथै छात्रवृत्ति विवरण आगामी जेठ १५ गते भित्र छात्रवृत्ति वितरण गरि सोही जेठ १६ गते कार्यलय समयभित्र बिभागको इमेल kmcdoescholorship2080@gmail.com मा अनिवार्य पठाउनुपर्ने छ।

     

    images
    बुधवार, जेठ १० २०८०१०:३३:५८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार