Oct 09 2026 | २०८३, आश्विन २३ गते

सबै सामुदायिक विद्यालयहरूमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्याउने।

सबै सामुदायिक विद्यालयहरूमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्याउने।

  • 647
    SHARES

  • सबै सामुदायिक विद्यालयहरूमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्याउने।

    जेठ, १२ काठमाडौ । नेपाल दुरसञ्चार लिमिटेडले सबै सामुदायिक आधारभूत विद्यालयहरूमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्याउने भएको छ। लिमिटेडले भुकम्प प्रभावित ११ जिल्ला (काभे, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट, गोरखा, रसुवा, रामेछाप र काठमाडौ उपत्यका का तीन) जिल्ला बाहेक देशभर ६६ जिल्लाका सामुदायिक आधारभूत बिद्यालयहरुमा इन्टरनेटको पहुँच पुर्याउने भएको हो।

    नेपाल दुरसञ्चार लिमिटेडले एक सुचना जारी गर्दै भुकम्पबाट अति प्रभावित ८ र काठमाडौ उपत्यका बाहेकका ६६ जिल्लाका सामुदायिक आधारभूत बिद्यालयमा ग्रामीण दुरसञ्चार बिकास कोष प्रयोग गरि स्थानीय तह मार्फत ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम अनुसार सम्बन्धित स्थानीय निकायको साझेदारी पत्रमा हस्ताक्षर गरिएको जनाएको छ।

    सुचनामा उक्त कार्यको लागी ग्रामीण दुरसञ्चार बिकास कोष प्रयोग गरि स्थानीय तह मार्फत ब्रोडब्यान्ड इन्टरनेटको पहुच पुर्‍याउने सम्बन्धी कार्यबिधी - २०७८ अनुसार सम्बन्धित स्थानीय तहले सार्वजनिक खरिद नियमावलीको अधिनमा रहेर मितव्ययी, पारदर्शी तथा प्रतिस्पर्धात्मक तरिकाले प्राधिकरण बाट इन्टरनेट सेवाको अनुमतिपत्र प्राप्त सेवा प्रदायक छनौट गरि तोकिएको सामुदायिक बिद्यालय मा सेवा जडान पश्चात् स्थानिय तह मार्फत जडान खर्च र दुई बर्षसम्मको महशुल उपलब्ध गराउने ब्यबस्थारहेको उल्लेख गरेको छ।

    FB_IMG_1685064538895.jpg

    images
    शुक्रवार, जेठ १२ २०८०११:११:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार