Oct 09 2026 | २०८३, आश्विन २३ गते

विद्यालय कर्मचारीका माग नसमेटिएको भन्दै आपत्ति। (बिज्ञप्ति सहित)

विद्यालय कर्मचारीका माग नसमेटिएको भन्दै आपत्ति। (बिज्ञप्ति सहित)

  • 485
    SHARES

  • विद्यालय कर्मचारीका माग नसमेटिएको भन्दै आपत्ति। (बिज्ञप्ति सहित)

    जेठ १६, काठमाडौ । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा लगायतका विषयलाई सरकारले बजेटमा सम्बोधन नगरेको भन्दै आपत्ति जनाएको छ । सरकारो नीति तथा कार्यक्रमको बुँदा नं. १२७ मा सम्बोधन गरिनेछ भनी उल्लेख गरिए पनि बजेटमा सम्बोधन नगरिएको भन्दै आपत्ति जनाएको हो ।

    विद्यालय कर्मचारी परिषद्ले एक प्रेस विज्ञप्ति जारी गर्दै नीति तथा कार्यक्रममा उल्लेख भएको बिषयलाई जेठ १५ गते घोषणा गरिएको बजेटमा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधाको विषयमा कुनै पनि प्रकारको सम्बोधन नगरिएको भन्दै आपत्ति जनाएको छ । साथै परिषद्ले नेपाल शिक्षक महासंघको घटक संस्था भएकोले नेपाल शिक्षक महासंघ मार्फत तत्काल आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएको छ ।

     

    images
    मंगलवार, जेठ १६ २०८००६:२१:५७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार