Aug 13 2026 | २०८३, श्रावण २८ गते

'बुक फ्री फ्राइडे’ मा बिद्यालय अनुगमन गर्दै मेयर बालेन।

'बुक फ्री फ्राइडे’ मा बिद्यालय अनुगमन गर्दै मेयर बालेन।

  • 830
    SHARES

  • 'बुक फ्री फ्राइडे’ मा बिद्यालय अनुगमन गर्दै मेयर बालेन।

    जेठ, २० काठमाडौ । काठमाडौ महानगरपालिकाका मेयर बालेन शाह 'बुक फ्री फ्राइडे’ को दिन बिद्यालय अनुगमनमा हिड्ने गरेका छन। सामुदायिक बिद्यालयको स्तर उन्नति र जीवनउपयोगी शिक्षाको आगि बिशेष ध्यान दिएका मेयर बालेन हरेक शुक्रवार बिद्यालय अनुगमनमा जाने गरेका हुन।

    यसै क्रममा हिजो जेठ १९ गते शुक्रवार बालेन महानगर भित्र अवस्थित तरुन मावि र शीतला माविमा महानगर उपप्रमुख सुनिता डंगोल, शिक्षा विभाग प्रमुख, शिक्षा सल्लाहकार लगायतको टोलीले विद्यालयहरूको अनुगमन गरेका छन।

    अनुगमनको क्रममा तरुन माविमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत नेपाल भाषामा सङ्गीत, चित्रकला, हाजिरी जवाफ प्रतियोगिता लगायतका कार्यक्रम भएका छन्। यस्तै ‘शिक्षामा सिप’ कार्यक्रम अन्तर्गत मोबाइल र विद्युतीय सामाग्री रिपेयरिङ, कृषि तथा सहरी खेती र पाक कलाको सिकाइ हुँदै आएको छ।

    त्यसैगरी शीतला स्कुलमा स्काउट, नेपाल भाषामा सङ्गीत लगायतको सिकाइ भएको छ भने ‘शिक्षामा सिप’ कार्यक्रम अन्तर्गत सौन्दर्य कला र कपाल शैली (हेयर स्टाइल) सम्बन्धी तालिम लिँदै आएका छन् । सौन्दर्य कला सम्बन्धी कार्यक्रममा छात्रछात्रा दुवै सहभागी भएकाले उनीहरूको यस सम्बन्धी अझै बृहत्तर बुझाइ हुने छ भन्ने हाम्रो चाहना रहेको छ।

    मेयर बालेन शाहले फेसबूकमा गरेको पोस्ट अनुसार कोड क्लब अहिले १४ वटा विद्यालयमा सुरु भइसकेको छ यो क्लब महानगरको सबै सार्वजनिक विद्यालयमा स्थापन गर्ने तयारी रहेको छ। उक्त क्लब मार्फत विद्यार्थीहरूले कोडिङ, एनिमेसन, सिम्पल प्रोग्रमिङहरुको क्रियाकलापहरू गर्दै आएका छन्।

    मेयर शाहले लेखेका छन, "डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न र विद्यार्थी र शिक्षकहरूलाई नवीनतम प्राविधिक उपकरणहरूको साथ सशक्त बनाउने सोच बमोजिम, महानगरपालिकाले Digital and Beyond सँग सहकार्य गरी प्रत्येक सामुदायिक विद्यालयमा Raspberry-Pi Foundation Code Club गठन गर्ने कार्य सुरु गरेको छ। जस अन्तर्गत, कक्षा ४ देखि कक्षा ९ सम्मका विद्यार्थीलाई लक्षित उमेर समूहमा राखेर CODING सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ। यस कार्यक्रमले विद्यार्थीको सिप , विद्यार्थीहरूको शैक्षिक तथा शोच विकास र आलोचनात्मक बिचारको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ।"

    "साथै सोही सहकार्य अन्तर्गत प्रत्येक सामुदायिक विद्यालयहरूको आफ्नै वेबसाइट निर्माण सम्पन्न भई कन्टेन्ट म्यानेजमेन्टको कार्य भइरहेको छ। जसले गर्दा सामुदायिक विद्यालयहरूको आफ्नो पहिचान अब विश्व सामु पुग्न मद्दत पुग्ने छ।

    साथै शिक्षकहरूको DIGITAL LITERACY सिपमा स्तर उन्नति गर्ने उद्देश्य सहित, सबै सामुदायिक विद्यालयलाई Google Workspace for Education प्रयोगमा ल्याउने काम सुरु गरिएको छ। "

     

    अनुगमनका क्रममा विद्यार्थीहरु सीप सिक्दै गरेको तस्बिरहरु । 

    FB_IMG_1685762298028.jpg

    FB_IMG_1685709475224.jpgFB_IMG_1685709477519.jpgFB_IMG_1685709481799.jpgFB_IMG_1685709484065.jpgFB_IMG_1685709486113.jpgFB_IMG_1685709490705.jpgFB_IMG_1685709492708.jpgFB_IMG_1685709494606.jpg

     

    images
    शनिवार, जेठ २० २०८००८:२४:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार