Aug 13 2026 | २०८३, श्रावण २८ गते

जेठ २८ सम्म छात्रवृत्ति विवरण नपठाए ३२४ निजि विद्यालयलायलाई कार्बाही गर्ने।

जेठ २८ सम्म छात्रवृत्ति विवरण नपठाए ३२४ निजि विद्यालयलायलाई कार्बाही गर्ने।

  • 1.2K
    SHARES

  • जेठ २८ सम्म छात्रवृत्ति विवरण नपठाए ३२४ निजि विद्यालयलायलाई कार्बाही गर्ने।

    जेठ, २३ गते काठमाडौ । काठमाडौ महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति प्रदान नगर्ने महानगर भित्रका ३२४ निजी विद्यालयको नाम सार्वजनिक गरेको छ। महानगरले एक सूचना जारी गर्दै २०८० जेठ २८ सम्म छात्रवृत्ति बिवरण नपठाए महानगर भित्रका ३२४ निजि बिद्यालयहरुलाइ कारबाही गर्ने हो।

    काठमाडौ महानगरले २०८० बैशाख २४ गते छात्रवृत्ति सम्बन्धी परिपत्र जारी गरेको र २०८० जेठ १० गते गोरखापत्रमा समेत सूचना जारी गरे अनुसार जेठ १५ गते भित्र छात्रवृत्ति प्रदान गरि सोही १६ गते महानगरमा बिवरण पठाउन निर्देशन दिएको थियो।

    महानगरले संस्थागत बिद्यालययहरुले शैक्षिकसत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीहरुलाई १० प्रतिशत अनिवार्य छात्रवृत्ति दिई सोको विवरण पठाउन जेठ १६ गतेसम्म समय तोकिएपनि हाल सम्म सम्म नपठाएको सुचनामा उल्लेख गरेको छ।

    काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधान अनुसार निजी तथा संस्थागत विध्यालयहरुले उपलब्ध गराउने छात्रवृत्ति अन्तर्गत प्रत्येक कक्षामा प्रथम र द्वितीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्ने तथा विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम रहेको छ ।

    यस्तो छ सूचना सहित छात्रवृत्ति प्रदान नगर्ने बिद्यालयहरुको नामावली ।

    Screenshot_20230606-072410_Chrome.jpgScreenshot_20230606-071721_Facebook.jpgScreenshot_20230606-071748_Facebook.jpg

    images
    मंगलवार, जेठ २३ २०८००७:५६:१६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार