मंगलवार, जेठ २३ २०८०
जेठ, २३ गते काठमाडौ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले विद्यालय नर्सलाई पढाउने काममा नलगाउन निर्देशन दिएकोछ। निर्देशनालयले एक बिज्ञप्ति जारी गर्दै 'एक बिद्यालय एक नर्स' कार्यक्रम अन्तर्गत बिद्यालयमा कामकाज गर्दै आएको नर्सलाई पढाउने काममा नलगाउन निर्देशन दिएको हो।
आर्थिक बर्ष २०७९/८० सम्ममा ११९ वटा स्थानीय तहमा ५१९ वटा बिद्यालयमा लागु भएकोमा विभिन्न स्थानीय तहमा कार्यरत बिद्यालय नर्सलाई बिषय शिक्षकको रुपमा कामकाज गर्न लगाउदै गरेको कुरा अनुगमनको क्रममा र केही निवेदन मार्फत जानकारी भएकोले 'एक बिद्यालय एक नर्स'- २०७८ को कार्यबिधिको दफा ४० बमोजिम कामकाजको रुपमा नलगाउन बिज्ञप्तिमा उल्लेख गरिएको छ।
