Oct 02 2026 | २०८३, आश्विन १६ गते

एसईई नतिजा असार मसान्त भित्र सार्वजनिक हुने।

एसईई नतिजा असार मसान्त भित्र सार्वजनिक हुने।

  • 1.0K
    SHARES

  • एसईई नतिजा असार मसान्त भित्र सार्वजनिक हुने।

    जेठ, २४ गते काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको भित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ। बोर्डले बार्षिक कार्यतालिका अनुसार नै एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक तयारी गर्न थालेको हो।

    अहिले ७७ ओटै जिल्लामा उत्तरपुस्तिका परीक्षा तथा समपरीक्षण धमाधम भइरहेको परीक्षा नियन्त्रक बिष्णु नारायण श्रेष्ठले जानकारी दिए । उनले प्राविधिकरुपमा कुनै समस्या नआएमा बार्षिक कार्यतालिकामा तोकिएको समयमा नै नतिजा प्रकाशन गर्ने तयारीमा बोर्ड रहेको जानकारी दिए ।

    सामुदायिक र संस्थागत गरी जम्मा १२ हजार ८३ ओटा विद्यालयका ४ लाख ८५ हजार ३९६ (छात्रा २लाख ४२हजार ७१२ र छात्र २लाख ४२हजार ६७४) जनाले २ हजार ३७ परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए ।

    कुल परीक्षार्थीहरुमध्ये प्राविधिक धार समेत सञ्चालन भएका ५०५ विद्यालयका १५ हजार ४६१ जना परीक्षार्थीहरु समेत उक्त परीक्षामा सहभागी भएका थिए ।

     

    images
    बुधवार, जेठ २४ २०८००८:१७:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार