आइतवार, आषाढ १० २०८०
असार, १० काठमाडौ । पोझरा महानगरपालिकाले सामुदायिक बिद्यालयमा कक्षा ६ सम्म दिइने दिवाखाजा १५ बाट बढाएर २५ रुपैयाँ पुगाएको छ। नेपाल सरकारले सामुदायिक विद्यालयमा ६ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजावापत १५ रूपैयाँ दिँदै आएकोमा पोखरा महानगरपालिकाले रु. १० थप गरि रु. २५ पुर्याएको हो।
आइतबार १३ औं नगरसभामा आर्थिक वर्ष ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख धनराज आचार्यले दिवा खाजावापत प्रत्येक विद्यार्थीलाई २५ रूपैयाँ उपलब्ध गराइने बताए ।
महानगरको निति तथा कार्यक्रममा विद्यालयमा खाजाको रूपमा 'जंक फुड' निषेध गर्ने उल्लेख गरेको छ ।