सोमवार, आषाढ ११ २०८०
असार, ११ गते । काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।
आइतवार काठमाडौ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले नगरशभाको १३ औं अधिवेशनमा आर्थिक बर्ष २०८०/७१ को नीति तथा कार्यक्रम पेश गर्दै 'गरिखाने शिक्षा महानगरको ईच्छा' भन्ने मुल नाराका साथ शिक्षा क्षेत्रमा उक्त बजेट छुट्याइएको हो।
महानगर क्षेत्र भित्रका सम्पुर्ण बिद्यालयको पुर्वाधार बिकास गर्दै विद्यार्थीहरुमा आधारभूत प्राबिधिक ज्ञान र सीप समेत प्रबर्धन गर्न ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ योजना अन्तर्गत विभिन्न कार्यक्रम संचालन गर्न ५० करोड विनियोजन गरेको छ।
सामुदायिक बिद्यालय परिसर सरसफाइ र सौन्दर्यकरण गरि हराभरा र सुन्दर बनाउनको लागि ५ करोड रकम बिनियोजन गरेको छ। काठमाडौ भित्रका सामुदायिक बिद्यालयमा एक बिद्यालय एक नर्स ल, एक बिद्यालय एक सामाजिक सहजकर्ताको व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
त्यसैगरी शिक्षकलाई मासिक तलब उपलब्ध गराउन ३० करोड रुपियाँको सोध भर्ना कोष खडा गर्ने भएको छ । महानगर भित्रका सामुदायिक विद्यालयका शिक्षकलाई मासिक तलब प्रदान गर्ने उद्देश्यले महानगरले कोष खडा गरेको हो ।
त्यसैगरी काठमाडौ महानगरपालिकाले नगर क्षेत्रमा रहेका सामुदायिक विद्यालयका प्राधानाध्यापकहरूको मासिक भत्ता वृद्धि गर्ने भएको छ ।
