Aug 13 2026 | २०८३, श्रावण २८ गते

काठमाडौंका निजी विद्यालयले दिने छात्रवृत्तिको परीक्षा महानगर आफैँले लिने ।

काठमाडौंका निजी विद्यालयले दिने छात्रवृत्तिको परीक्षा महानगर आफैँले लिने ।

  • 656
    SHARES

  • काठमाडौंका निजी विद्यालयले दिने छात्रवृत्तिको परीक्षा महानगर आफैँले लिने ।

    असार, १७ काठमाडौ । काठमाडौं महानगरपालिका भित्रका निजी विद्यालयले दिने कक्षा ११ को छात्रवृत्तिका लागि महानगर आफैँले परीक्षा लिने भएको छ । महानगर प्रमुख बालेन शाहले आइतबार साँझ फेसबुक मार्फत यस्तो बताएका हुन् । 

    बालेनले महानगरले मापदण्ड बनाई परीक्षा लिने र सोहीअनुसार योग्यताक्रम तोक्ने जनाएका छन् । बालेनले भनेका छन्, ‘काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०–०८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको , जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी,गरिव लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’ 

     

    images
    आइतवार, आषाढ १७ २०८००९:२२:०६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार