शुक्रवार, आषाढ २२ २०८०
असार, २२ काठमाडौं । काठमाडौ महानगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्नाको अवधि कम्तीमा १५ दिन उपलब्ध गराउन शिक्षण संस्थाहरुलाई पुन सूचना जारिगरेको छ।
महानगरले दुर्गमका विद्यार्थीलाई लक्षित गरी कक्षा ११ मा भर्ना गर्ने म्याद कम्तीमा १५ दिन कायम गर्न शिक्षण संस्थालाई पुन सुचित गरेको हो।
महानगरपालिकाले सूचना जारी गर्दै विगतमा सबै शिक्षण संस्थाले छोटो अवधिको भर्ना समय राख्ने गरेको हुँदा दुर्गमका विद्यार्थी भर्ना हुने अवसरबाट बञ्चित हुने गरेको हुँदा १५ दिन भर्नाका लागि समय राख्न निर्देशन दिएको सुचनामा उल्लेख गरिएको छ।
