शनिवार, आषाढ २३ २०८०
असार, २३ काठमाडौ । काठमाडौ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा भर्नाका लागि आवेदन माग गरेको छ। महानगर शिक्षा बिभागले एक सूचना जारी गर्दै आफ्नो अन्तर्गत सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०–०८१ मा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालन गर्न आवेदन माग गरेको हो।
महानगर शिक्षा विभागले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीले असार २८ गतेदेखि साउन १२ गतेसम्म आवेदन दिन सक्ने सूचना उल्लेख गरेको छ। यसको लागि आगामी साउन २० गते ११ बजे देखि परीक्षा संचालन हुनेछ।
परीक्षा काठमाडौ महानगर शिक्षा बिभागले लिने छ भने महानगरले सो परीक्षामा माध्यामिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० ओटा बहुवैकल्पिक प्रश्न सोध्ने तयारी गरेको छ ।
त्यसैगरी विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र भने पछि सार्वजनिक गर्ने सूचनामा उल्लेख छ ।
