Aug 13 2026 | २०८३, श्रावण २८ गते

काठमाडौमा होस्टेल संचालन गर्न महानगरको अनुमती अनिवार्य ।

काठमाडौमा होस्टेल संचालन गर्न महानगरको अनुमती अनिवार्य ।

  • 759
    SHARES

  • काठमाडौमा होस्टेल संचालन गर्न महानगरको अनुमती अनिवार्य ।

    असार, २५ काठमाडौ । काठमाडौ महानगरले आफ्नो क्षेत्रभित्र होस्टेल (छात्रवास) संचालन गर्न अनिवार्य अनुमती लिनुपर्ने नियम बनाएको छ। अवदेखी महानगरपालिका भित्र अनुमति नलिइ अब छात्राबास (होस्टेल) सञ्चालन गर्न नपाइने भएको हो ।

    महानगरले छात्राबास सञ्चालन सम्बन्धी मापदण्ड २०८० जारी गरेको छ । जस अनुसार होस्टेलमा शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत, प्रत्येक छात्रछात्राका लागि पलङ्, दराज र टेबल फोहोरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध हुनुपर्छ । त्यस्तै कोठाहरु फराकिला, खुल्ला हुनुपर्छ, कोठामा पर्याप्त प्रकाश हुनुपर्छ भने हावा दोहोरो आउने जाने हुनुपर्छ ।

    मापदण्डमा आगलागी जस्ता सम्भावित विपद व्यवस्थापनका लागि फायर इस्टीङ्ग्वीसर लगायत सामग्री तथा उपकरण, प्राथमिक उपचारको लागि सामग्री हुनुपर्ने र कोठा र शौचालयबाहेक अन्य स्थानको निगरानीका लागि सीसीटिभी क्यामरा जडान गर्नु पर्ने उल्लेख छ ।

    महानगरमा ५० हजारभन्दा बढी विद्यार्थी होस्टेलमा बस्ने गरेको प्रारम्भिक अनुमान छ ।

     

    images
    मंगलवार, आषाढ २६ २०८००६:१४:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार