Oct 02 2026 | २०८३, आश्विन १६ गते

सिटिइभिटीमा डिप्लोमा तथा प्रमाणपत्र तहमा छात्रवृत्तिको लागी आवेदन माग।

सिटिइभिटीमा डिप्लोमा तथा प्रमाणपत्र तहमा छात्रवृत्तिको लागी आवेदन माग।

  • 679
    SHARES

  • सिटिइभिटीमा डिप्लोमा तथा प्रमाणपत्र तहमा छात्रवृत्तिको लागी आवेदन माग।

    असार, ३० काठमाडौ । प्राबिधिक तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटिव/ CTEVT) ले डिप्लोमा तथा प्रमाणपत्र तहमा छात्रवृत्तिको लागी आवेदन माग गरेको छ। परिषदले शैक्षिक शत्र २०८०/८१ को बर्गिकृत (नि:शुल्क) छात्रवृत्तिको लागि आवेदन माग गरेको हो।

    प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिकाहरू २०८० बमोजिम पूर्ण शुल्कीय तर्फका शिक्षालयका स्वीकृत कार्यक्रम र कोटाहरूमा विद्यार्थी छनोट गर्न सकिने सुचनामा उल्लेख गरेको छ।

    सीटीईभीटीबाट सञ्चालन सम्बन्धन–स्वीकृति पाएका आङ्गिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र निजी स्तरमा सञ्चालित शिक्षालयहरूमा निर्धारण गरिएको बर्गिकृत (नि:शुल्ल) कोटामा भर्नाका लागि २०८० साउम १२ गते भित्र अनलाइन मार्फत आवेदन भर्न सक्ने छन।

    बर्गिकृत छात्रवृत्तिको फारम स्वयं ब्यक्तिले परिक्षा नियन्त्रण कार्यलयले तोकिएको समय सिमा भित्र अनलाइन मार्फत बुझाउनु पर्ने छ। अनलाइन फारम भर्नको लागी परिषद्को परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.ctevt.org.np वा www.ctevtexam.org.np मा गएर Classified Online Form मा click गर्ने र आफुले अध्यायन गर्म चाहेको तह New User मा Click गर्ने र त्यहाँ उल्लेख भए बमोजिम फारम भर्न सकिने छ।

    बिस्तृत जानकारीका लागि तलको सूचना हेर्नुस।

    FB_IMG_1689384827523.jpgFB_IMG_1689384829906.jpgFB_IMG_1689384831970.jpgFB_IMG_1689384833885.jpg

     

    images
    शनिवार, आषाढ ३० २०८००७:४९:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार