बुधवार, श्रावण ३ २०८०
साउन, ३ काठमाडौ । काठमाडौ जिल्लाको बुढानिलकण्ठ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति गर्नको लागि आवेदन माग गरेको छ।
आज एक सूचना जारी गर्दै नगरपालिकाले सामुदायिक बिद्यालय प्रधानाध्यापक नियुक्ति कार्यविधि २०८० बमोजिम सामुदायिक बिद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिको लागि सोही कार्यविधिको दफा १८ बमोजिम सम्बन्धित सबैको जानकारिकोलागि सुचना जारी गरिएको बताइएको छ।
कार्यविधिको दफा क, ख, ग बमोजिम योग्यता पुगेका आवेदन दिन इच्छुक ब्यक्तिहरुले सुचना जारी भएको १५ दिन भित्र अर्थात २०८० साउन१७ गते कार्यलय समयभित्र आवेदन दिन सक्नेछन् ।
